लक्ष्मी बैंककाे अगुवाईमा माछापुच्छ्रे बैंकले माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने सम्झौता

Feb 23, 2021 01:24 PM Merolagani



४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको (LBL) अगुवाईमा माछापुच्छ्रे बैंक (MBL) र लक्षमी बैंकले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी साेमबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेड संखुवासभाकाे साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने  उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैयाँ ९३ करोड ७० लाख रहेको छ ।

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन्। सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशतले हुन आउने ६५ करोड ५९ लाख रूपैयाँ र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी (इक्वीटी) रहनेछ । उक्त आयोजनाको लागि सहभागी लक्ष्मी बैंकको ३९ करोड ९९ लाख रूपैयाँ र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख रूपैयाँ आवधिक कर्जा अन्तर्गतको लगानी रहेको छ ।

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८.४१७ गेगावाट आवर (जीडब्लूएच) विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेब्रुअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन् र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।