Fri, May 01, 2026
#C5#नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो ।
अर्थ मन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका थिए । अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनीलाई नियुक्त गरिएको हो । उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिन अघि सञ्चालकमा नियुक्त भएका थिए ।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।