नेपाल बैंकको अध्यक्षमा मधु मरासिनी नियुक्त

Feb 23, 2021 01:25 PM Merolagani



#C5#नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो ।

अर्थ मन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका थिए । अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनीलाई नियुक्त गरिएको हो । उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिन अघि सञ्चालकमा नियुक्त भएका थिए ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।