एक महिनादेखि बिशाल बजार र राष्ट्रिय बिमा कम्पनीको शेयर कारोबार रोकियो, कारोबार खुल्ने अझै अत्तोपत्तो छैन

Feb 23, 2021 03:38 PM Merolagani

बिशाल बजार र राष्ट्रिय बिमा कम्पनीको शेयर कारोबार खुल्ने अझै अत्तोपत्तो छैन। नियम अनुसार  नेप्सेमा बुझाउनु पर्ने कागजपत्र नबुझाएको कारण ती कम्पनीकाे कारोबार खुल्ने अझै टुङ्गो नलागेको हो।

ती कम्पनीकाे दोस्रो बजारमा  कारोबार गर्न नपाएका कारण लगानीकर्ता मर्कामा परेका छन्। कम्पनी संचालनमा बसेका मानिसहरुले गरेको लापरबाहीका कारण उनीहरूले सास्ती भाेगिरहेका छन्। उनीहरूले तत्कालै कारोबार खोल्न पहल गर्नु पर्ने  माग गरेका छन्।

बार्षिक प्रतिवेदन लगायत वित्तीय बिवरणहरु समयमा पेश नगरेको भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले बिशाल बजारकाे माघ २५ गतेदेखि कारोबार रोक्का गरिदिएको हो छ भने लेखा परीक्षण भएको वित्तीय बिबरण पेश नगरेको भन्दै माघ १८ गतेदेखि राष्ट्रिय बिमा कम्पनीको  कारोबार रोक्का छ।

कारोबार रोकिएका दुबै कम्पनीले अहिलेसम्म नेप्सेले माग गरेका सबै कागजपत्र बुजाएका छैनन्।  दोस्रो बजारमा कारोबार रोकिँदा समेत अझै कम्पनीहरुले उक्त विवरणहरु बुझाएका छैनन्।

कारोबार रोकिएको बिशाल बजार कम्पनीले भने आर्थिक बर्ष २०७३/७४ देखिनै वित्तीय विवरण बुझाएको छैन। नेप्सेले कारोबार नै रोक्का गरेपछि भने कम्पनीले दुइ आर्थिक बर्षको बिवरण नेप्सेलाइ बुझाएको जनाएको छ। उसले आर्थिक बर्ष २०७३/७४ र ७५ को बिवरण बुझाइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिष्णु बहादुर केसीले बताए। उनका अनुसार कम्पनीले थप दुई बर्षको समेत बिबरण बुझाउने तयारी गरिरहेको छ। उसले उक्त बिवरण तयार भए लगत्तै नेप्सेलाइ उक्त बिबरण उपलब्ध गराउने जनाएको छ। 

उता राष्ट्रिय बिमा कम्पनीले भने नेप्सेलाई नै आरोप लगाएको छ। हालसम्म कम्पनीले मासिक बिवरण बुझाएकै आधारमा कारोबार हुँदै आएकोमा पछिल्लो समय एकाएक लेखा परिक्षण भएको बिवरण माग गरिएकाेले उक्त बिवरण बुझाउन नसकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले जानकारी दिए। उनका अनुसार कम्पनीमा पहिले देखिकै हिसाब किताब मिलान हुन बाँकी छन्।

लेखा परिक्षणको प्रकियामा कम्पनीले काम गरिरहेको भएपनि तत्कालै सबै बिवरण आउने सम्भावना छैन।  बिवरण नबुझाएकै आधारमा एका एक कारोबार रोकिदिनु ठीक नभएको उसको तर्क छ। यस अघि अपरिष्कृत बिवरण बुझाएकै आधारमा कारोबार हुँदै आएकोमा अहिले लेखा परिक्षण भएकै कागज खोजिनुलाई उसले नियोजित रुपमा कम्पनीको कारोबार बन्द गराउन खोजिएको आरोप लगाएको छ।

धितोपत्र सूचीकरण विनियमावली,२०७५ को विनियम २२(१)(क) मा संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परिक्षण भएको वित्तीय विवरण तथा लेखा परिक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिना भित्र बुझाउनु पर्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार सबै सूचिकृत कम्पनीले उक्त बिबरण बुझाउनै पर्ने हुन्छ। उक्त विवरण नबुझाए नियम अनुसार कारबाही हुने व्यवस्था छ। सोही विनयमावलीको विनियम १६ को (१)(घ)मा नेप्सेले सूचिकरण स्थगन गरि जानकारी दिने व्यवस्था छ। उसले तीन महिना वा बोर्डको अनुमति लिइ थप सूचिकरण गर्न सक्छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।