फेसबुकले अष्ट्रेलियामा समाचार सामग्रीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने

Feb 23, 2021 03:39 PM Merolagani



फेसबुकले अष्ट्रेलियामा रहेका आफ्ना प्रयोगकर्ताहरुकालागि समाचार सामग्रीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घाेषणा गरेको छ । सामाजिक संजाल कम्पनी फेसबुकले एक प्रस्तावित कानुनको विरोधमा गत बिहीबारदेखि अष्ट्रेलियामा समाचार सम्बन्धित सामाग्रीहरुमाथि रोक लगाएको थियो ।

यस प्रस्तावित कानुनकाे प्रावधान अनुसार फेसबुक र गुगलले समाचार सामाग्रीकालागि प्रकाशकहरुलाई रकम भुक्तानी गर्नुपर्नेछ ।

अष्ट्रलियाका वित्त मन्त्री जोश फ्राइडेनबर्गले आउने दिनमा फेसबुकले धेरै समाचार पेजहरुलाई पुन: संचालन गर्ने बताए । मंगलबार उनले सो कानुन संसोधन गरिने पनि जानकारी दिए । सरकारले यस कानुन टेक कम्पनी तथा संचारमाध्यमहरुकाबीच बजारमा शक्ति सन्तुलन स्थापना गर्नकालागि ल्याइने बताएकाे थियाे । साे समयमा यस कानुनमाथि सार्हा विश्वको ध्यानाकर्षण भएको थियो तर फेसबुक र गुगलले भने यसको घाेर विरोध गरेका थिए । फेसबुकले मंगलबार अष्ट्रेलियन सरकारसँगकाे  छलफलमा सरकारले फेसबुकलाई आश्वासन दिएको  बताएको छ ।

फेसबुकमा न्यूज पार्टिसिपेशनका उपाध्यक्ष क्याम्पबेल ब्राउनले उनीहरु एक सम्झौतामा पुगेको र साेअनुसार समर्थनकालागि प्रकाशकहरुको छनोट गर्न सक्ने बताएका छन्। तीमध्ये साना र स्थानिय प्रकाशकहरु समावेश हुने पनि उनले जानकारी दिए ।

फेसबुकको आफ्नै एक शोकेस प्रोडक्ट छ, जसको माध्यमबाट मिडिया संस्थाहरूलाई उसले आफ्ना प्लाटफर्ममा स्टोरी देखाउनकालागि भुक्तानी गर्ने गरेकाे छ । यद्यपी अष्ट्रेलियाको नयाँ कानुनका अनुसार फेसबुकमा समाचार लिंक शेयर गर्न र पोष्ट गर्न रकम भुक्तानी गर्नुपर्नेछ । गत बिहिबारदेखि अष्ट्रेलियामा कसैले पनि आफ्नो फेसबुक अकाउण्टबाट समाचार सामाग्रीहरु हेर्न तथा शेयर गर्न पाएका थिएनन् ।

(एजेन्सीकाे सहयाेगमा ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।