फेसबुकले अष्ट्रेलियामा समाचार सामग्रीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने

Feb 23, 2021 03:39 PM Merolagani



फेसबुकले अष्ट्रेलियामा रहेका आफ्ना प्रयोगकर्ताहरुकालागि समाचार सामग्रीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घाेषणा गरेको छ । सामाजिक संजाल कम्पनी फेसबुकले एक प्रस्तावित कानुनको विरोधमा गत बिहीबारदेखि अष्ट्रेलियामा समाचार सम्बन्धित सामाग्रीहरुमाथि रोक लगाएको थियो ।

यस प्रस्तावित कानुनकाे प्रावधान अनुसार फेसबुक र गुगलले समाचार सामाग्रीकालागि प्रकाशकहरुलाई रकम भुक्तानी गर्नुपर्नेछ ।

अष्ट्रलियाका वित्त मन्त्री जोश फ्राइडेनबर्गले आउने दिनमा फेसबुकले धेरै समाचार पेजहरुलाई पुन: संचालन गर्ने बताए । मंगलबार उनले सो कानुन संसोधन गरिने पनि जानकारी दिए । सरकारले यस कानुन टेक कम्पनी तथा संचारमाध्यमहरुकाबीच बजारमा शक्ति सन्तुलन स्थापना गर्नकालागि ल्याइने बताएकाे थियाे । साे समयमा यस कानुनमाथि सार्हा विश्वको ध्यानाकर्षण भएको थियो तर फेसबुक र गुगलले भने यसको घाेर विरोध गरेका थिए । फेसबुकले मंगलबार अष्ट्रेलियन सरकारसँगकाे  छलफलमा सरकारले फेसबुकलाई आश्वासन दिएको  बताएको छ ।

फेसबुकमा न्यूज पार्टिसिपेशनका उपाध्यक्ष क्याम्पबेल ब्राउनले उनीहरु एक सम्झौतामा पुगेको र साेअनुसार समर्थनकालागि प्रकाशकहरुको छनोट गर्न सक्ने बताएका छन्। तीमध्ये साना र स्थानिय प्रकाशकहरु समावेश हुने पनि उनले जानकारी दिए ।

फेसबुकको आफ्नै एक शोकेस प्रोडक्ट छ, जसको माध्यमबाट मिडिया संस्थाहरूलाई उसले आफ्ना प्लाटफर्ममा स्टोरी देखाउनकालागि भुक्तानी गर्ने गरेकाे छ । यद्यपी अष्ट्रेलियाको नयाँ कानुनका अनुसार फेसबुकमा समाचार लिंक शेयर गर्न र पोष्ट गर्न रकम भुक्तानी गर्नुपर्नेछ । गत बिहिबारदेखि अष्ट्रेलियामा कसैले पनि आफ्नो फेसबुक अकाउण्टबाट समाचार सामाग्रीहरु हेर्न तथा शेयर गर्न पाएका थिएनन् ।

(एजेन्सीकाे सहयाेगमा ।)




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।