बजारमा ‘प्यानिक सेल’, २१ अंक घट्याे नेप्से

Feb 23, 2021 03:29 PM Merolagani



मंगलबार शेयर बजारमा ‘प्यानिक सेल’ को प्रभाव देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२ अंक घटेर बन्द भएको नेप्से यस दिन २१ अंक घटेर बन्द भएको छ।

देशमा संकटकाल घाेषणा हल्लाले यस दिन शेयर बजार प्रभावित भएको विश्लेषण गरिएको छ। सो हल्लाका कारण बजार खुल्ने बित्तीकै नेप्से तीव्र गतिमा ओरालो लाग्यो। कारोबारको सुरुवातमा नै यस्तो भएपछि लगानीकर्ताहरु झन् त्रसित भइ बिक्री गर्न थालेको एक ब्रोकरले बताए। यस दिन बजारले पटक पटक सकारात्मक दिशा समात्न प्रयास गरेपनि बिक्रीकर्ताको चाप थाम्न सकेन। अन्तिम एक घण्टामा नेप्से सकारात्मक दिशा तर्फ अघि बढेपनि अघिल्लो दिनको बन्द विन्दुलाई भेटन् सकेन।

मंगलबार नेप्से परिसूचक २१.१६ अंक घटेर २५८६.५१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेर ४६७.९४ विन्दुमा झरेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने सन्तोषजनक नै देखिन्छ। यस दिन बजारमा २०५ कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, अपी पावर र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

पछिल्ला ७ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ६६ रुपैयाँ घटेर ५९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

११ उपसमूहको परिसूचक घट्यो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.९ प्रतिशत बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३३ प्रतिशत घटेको छ। त्यसैगरी, होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

यस दिन कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशीको ४३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।