तीन अर्बको आईपीओ ल्याउने प्रस्ताव सहित काठमाडौं रि इन्स्योरेन्स ल्याउने अन्तिम तयारी

Feb 23, 2021 05:17 PM Merolagani



तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको छ । बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी भएको हो ।

कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ,जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएकाे छ ।  कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ । सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउने तयारी छ ।

कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ ।
७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको पनि कम्पनीले जनाएको छ ।

बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टकाे पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ ।

कम्पनीको सञ्चालक समितिमा २ जना संस्थागत,दुई जना व्यक्तिगत, दुई जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी सात जना सदस्य रहने जनाएको छ ।

यसैगरी  अन्नपुर्ण रि  इन्स्याेरेन्स र प्रुडेन्सियल रि इन्स्याेरेन्स पनि सञ्चालनकाे तयारीमा रहेका छन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।