आईसिएफसी फाइनान्स र स्पर्स लघुवत्तिको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 23, 2021 05:13 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईसिएफसी फाइनान्स र स्पर्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार आईसिएफसी फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता र स्पर्स लघुवित्त वित्तीय संस्थाको १ लाख ८२ हजार ८०८.९७ कित्ता गरी ११ लाख ६० हजार ४४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस्तै लघुवित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

फाइनान्स र लघुवित्तले शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।