आईसिएफसी फाइनान्स र स्पर्स लघुवत्तिको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 23, 2021 05:13 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईसिएफसी फाइनान्स र स्पर्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार आईसिएफसी फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता र स्पर्स लघुवित्त वित्तीय संस्थाको १ लाख ८२ हजार ८०८.९७ कित्ता गरी ११ लाख ६० हजार ४४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस्तै लघुवित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

फाइनान्स र लघुवित्तले शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।