प्रधानमन्त्री केपी ओलीको जन्मदिनमै सर्वोच्चको सरप्राइज

Feb 23, 2021 06:49 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिनमा सर्वोच्च अदालतले सरप्राइज दिएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा भंगको बदर गर्दै मंगलबार अदालतले फैसला गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्रीको उक्त कदम विरुद्ध नगरिक समाजदेखि राजनीतिक दलसम्म आन्दोलनरत थिए । सर्वेाच्चको यो फैसलासँगै प्रधानमन्त्री केपीशर्मा ओली नैतिक संकटमा परेका छन् । उनी प्रतिनिधि सभा विघटनकाे पक्षमा फैसला आउनेमा ढुक्क थिए । अदालतकाे फैसला पुनर्स्थापना पक्षमा गए आन्दाेलन हुन सक्ने चेतावनी उनले दिँने गरेका थिए ।

संसद पुनर्स्थापना भएपछि केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सक्ने या त्यसाे नभए उनलाइ अविश्वासकाे प्रस्तावबाट हटाइने प्रकृया अगाडि बढ्ने छ ।

संसद पुनर्स्थापना भएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीमाथि महाअभियाेग लगाउन सक्ने संभावना पनि देखिएकाे छ ।

मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । निर्वाचनसँग निर्वाचन आयोगले पनि निर्वाचनको तयारी गरिसकेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।