गृहणीलाई पुरूषले घरेलु कामकालागि पैसा दिनुपर्ने चीन अदालतकाे आदेश

Feb 24, 2021 03:38 PM Merolagani

चीनको बेइजिंगस्थित सम्बन्ध विच्छेद अदालतले एक पुरुषलाई आफ्नी श्रीमतीले विवाहको समयावधिसम्म गरेको घरको कामकालागि क्षतिपूर्ति दिन आदेश दिएको छ । सो महिलाले पाँच वर्षसम्म बेतलबी श्रम गरेवापत ५० हजार येन पाउने भएकी छिन् ।

यस घटनाले घरेलु कामको मूल्यका विषयमा ठुलो अनलाईन बहस उत्पन्न गराएको छ । केहिले यस क्षतिपूर्तिलाई अत्यन्त कम भनेका छन् । चीनको नयाँ नागरिक संहिता लागुभएपछि यस्तो फैसला आएको हो ।

अदालतको रेकर्ड अनुसार चेन थर भएका ती व्यक्तिले गत वर्ष आफ्नी श्रीमती वाङसँग सम्बन्ध विच्छेदकालागि मुद्या दायर गरेका थिए । उनीहरुको सन् २०१५मा विवाह भएको थियो ।

सुरुवातमा सम्बन्ध विच्छेदकालागि तयार नरहेकी वाङले, श्रीमान चेनले आफ्ना छोरा तथा घरको कुनै पनि जिम्मेवारी बहन नगरेको भन्दै केहि समय पछि आर्थिक क्षतिप्रर्तिकालागि अनुरोध गरेकी थिइन् ।

बेइजिंगको फाङसांङ जिल्ला अदालतले वाङको पक्षमा फैसला गर्दै चेनलाई मासिक २००० येन भत्ता दिन र घरेलु कामकालागि ५० हजार येन भुक्तानी दिन पनि आदेश दिएको छ ।

प्रधानन्याधिशले सोमबार पत्रकारहरुलाई जानकारी दिदै भने,'विवाहपछि एक दम्पत्तिको संयुक्त सम्पत्तिको विभाजनमा सामान्यतया मूर्त सम्पत्तिको विभाजन हुन्छ । तर घरेलु काममा भने अमूर्त सम्पत्तिको मूल्य समावेश हुन्छ ।'

नयाँ नागरिक संहिता निर्माणका समयमा सो कानुन बनाइएको थियो, जुन यस वर्ष मात्र लागु गरिएको हो । नयाँ कानुन अन्तर्गत श्रीमान वा श्रीमतीले बालबच्चाको पालनपोषण,वृद्धवृद्धा आफन्तहरुको हेरचाह तथा एकले अर्कोलाई काममा सहयोग गर्ने जस्ता जिम्मेवारी बढि बहन गर्नुपरेमा उनीहरुले क्षतिपूर्ति पाउनकालागि हकदाबी गर्न सक्नेछन् । यसभन्दा अघि सम्बन्ध विच्छेद गर्ने दम्पत्तिले विवाह अगावै कुनै सम्झौतापत्रमा हस्ताक्षर गरेको भएमात्र क्षतिपूर्तिका लागि निवेदन दिन सक्दथे । जुन चीनको हकमा असामान्य अभ्यास मानिन्छ ।

सामाजिक संजालमा यस मुद्या चर्को बहसको विषय बन्न पुगेकाे छ र माइक्रोब्लगिंग प्लार्टफर्ममा 'विबो'मा सम्बन्धित ह्यासट्यागलाई ५७० मिलियन पटक हेरिएको छ । केहि सामाजिक संजालका प्रभावशाली व्यक्तिहरुले गृहणीकालागि पाँच वर्षकाे अवधिसम्म सो क्षतिपूर्ति अत्यन्त कम भएको तर्क राखेका छन् । एक गृहणीले गरेको पुर्णकालिन कामको अवमूल्यन भएको भन्दै टिप्पणीकारले चीनमा एक घरेलु कामदारले वर्षमा नै ५० हजार येन पाउने टिप्पणी गरेका छन् । यस्तै केहि व्यक्तिहरुले भने पुरुषले बढि घरका कामको जिम्मेवारी बहन गर्नुपर्ने तर्क राखेका छन् । केहि सामाजिक संजाल प्रयोगकर्ताले भने महिलालाई विवाहपछि पनि आत्मनिर्भर हुन आग्रह गरेका छन् ।

अर्गनाईजेशन फर ईकोनोमिक कर्पोरेशन एण्ड डेभलेपमेण्ट (ओईसिडि) का अनुसार चिनियाँ महिलाले प्रतिदिन करिब ४ घण्टा बेतलबी काम गर्ने गर्दछन् जुन पुरुषको हकमा साढे २ गुणा धेरै हो । यो अन्य ओईसीडी मुलुकहरुको तुलनामा धेरै हो ।

( बीबीसीबाट अनुवादित । )

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।