पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश

Feb 24, 2021 06:05 PM Merolagani

हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे पहिलाे भाग प्रस्तुत गरेका थियाैँ। यस पुस्तकले पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ दाेस्राे भाग प्रस्तुत गरिएकाे छ।

परिचयः पृथ्वीको सबैभन्दा ठूलो कार्यक्रम

यो पुस्तकको आधार यो हो कि तपाई पैसालाई कति राम्रोसँग प्रयोग गर्नुहुन्छ भन्ने कुराको तपाई कत्तिको स्मार्ट हुनुहुन्छ भन्ने कुरासँग खासै सम्बन्ध छैन तर तपाई कसरी व्यहार गर्नुहुन्छ भन्नेसँग गहिरो सम्बन्ध छ।

‘एक विद्वान जसले आफ्नो भावना नियन्त्रण गर्न सक्दैन, ऊ वित्तीय रुपमा भयावह हुनसक्छ। त्यो ठिक उल्टो पनि सही नै हुन्छ। वित्तीय शिक्षा बिनाको सामान्य मानिस पनि धनी हुन सक्छ, यदि उसँग व्यवहार सीप एक मुठ्ठीभर छ भने उसलाई बुद्धि मापनको औपचारिकतासँग कुनै मतलब हुँदैन।’

दुई फरक उदाहरणः

रोनाल्ड जेम्स रिडः ग्यास स्टेशन परिचारक, चौकीदार र अमेरिकी परोपकारी। जीवनभर बचत गर्यो, पिडित जीवन बितायो र मर्ने बेलासम्ममा ८ मिलियन नेटवर्थ बनायो।

रिचार्ड फस्कनः हवार्डमा अध्ययन गरेका मेरिल्ल लिन्चका एक्जिक्यूटिभ। भारि ऋण लिई भब्य खर्च गरे, २००८ को वित्तीय संकटमा पर्यो, बैंकरप्ट घोषित गरियो।

रोनाल्ड रिड धैर्यवान् थिए, रिचार्ड लोभी। यो नै यी दुई बीचको ठूलो शिक्षा र अनुभवलाई ग्रहण लगाउने कुरा बन्यो।

दुई स्पष्टिकरण जसले रिड र फस्कनको जस्तै कथाको अस्तित्व वर्णनः

‘वित्तीय सफलता हुनै गाह्रो विज्ञान होइन। यो नरम कला हो, जहाँ तपाईलाई के थाहा छ भन्दा कस्तो व्यवहार गर्नुहुन्छ त्यो महत्वपूर्ण हुन्छ।’

केही कुरा कसरी गर्ने भन्ने थाहा पाउनु मात्रै पर्याप्त छैन। धेरै परिस्थितीहरुमा तपाई भित्री भावना र मानसिक तनावसँग लड्नु आवश्यक छ जसले तपाईको योजनाबद्ध कार्यलाई प्रभाव पार्न सक्छ।

हामी पैसाको बारेमा मनोविज्ञानजस्तै नभई भौतिक विज्ञानजस्तै (नियम र कानून सहित) सोच्छौँ र त्यस्तै सिकाइएको छ।

यो बुझ्नका लागि मानिसहरु आफैलाई कर्जामा डुबाउँछन्, तपाईलाई ब्याजदरको अध्ययन गर्न आवश्यकता छैन, तपाईलाई लोभ, असुरक्षा र आशावादको इतिहासका अध्ययन गर्ने आवश्यक छ।

अध्याय १ः कोही पागल छैन

विश्व कसरी काम गर्छ भन्ने बारे सबैको आ–आफ्नै धारणा हुन्छ। यस संसारलाई हेर्ने दृष्टिकोण विभिन्न परिस्थिति, मूल्य तथा मान्यता र बाह्य कुराहरुले प्रभावित हुन्छ। पैसा कमाउने कुरामा तपाईको व्यक्तिगत अनुभव विश्वमा के भइरहेको छ भन्ने कुराको प्रभाव ०.०००००००००१ प्रतिशत हुनसक्छ, तर विश्वले कसरी काम गर्छ भन्ने सोचको प्रभाव ८० प्रतिशत हुनसक्छ। जति नै अध्ययन गरेपनि, जति नै खुला दिमाग भएपनि त्यसले डर र अनिश्चितताको शक्तिलाई पुननिर्माण गर्न सक्दैन। हामी सबै सोच्छौँ कि हामीलाई विश्वले कसरी काम गर्छ भन्ने थाहा छ। तर हामी सबैले त्यसको थोरै मात्र अनुभव गरेका हुन्छौँ।

उदाहरणको लागिः यदि तपाई सन् १९५० मा जन्मिनु भएको भए तपाईको टिनएज र २० को दशकमा शेयर बजार निराशजनक हुन्थ्यो।

यदि तपाई १९७० मा जन्मिनु भएको भए, तपाईको टिनएज र २० को दशकमा एसएण्डपी ५०० एक हजार प्रतिशत बढेको थियो।

यस अनुसार कुन पुस्तामा स्टक मार्केट प्रति बुलिश अवधारणा हुन्छ?

उनीहरुको पैसा प्रतिको दृष्टिकोण भिन्न संसारमा सिर्जना भएको हो। र जब यस्तो हुन्छ, तब पैसाको बारेमा जुन दृष्टिकोण एक समूहको लागि अपमानजनक लाग्छ, त्यो दोस्रो समूहको लागि आदर्श लाग्न सक्छ।

अमेरिकामा लटरी टिकट खरिद गर्न सक्ने सम्भावित व्यक्तिहरुलाई हेर्नुहोस्, तिनीहरु कम आय भएका परिवारहरु हुन्छन् जसले मुस्किले वर्षमा औषतमा ४०० डलर खर्च गर्छन्। यो संख्या उच्च आम्दानी भएकाहरुका लागि हाँसो लाग्ने हुनसक्छ। तर उनीहरुले आफ्नो सपना र आशाका लागि पैसा तिरिरहेका छन् भनेर भन्न सकिन्छ। उनीहरुको अवस्थामा नपुगिकन, उनीहरु किन त्यस्तो व्यवहार गरिरहेका छन् भन्ने कुराको पूर्ण रुपमा थाहा पाउन सकिँदैन।

आधुनिक वित्तीय योजना तुलनात्मक रुपमा नयाँ छ। जस्तै, व्यक्तिगत सेवानिवृत्ति खाताहरु भर्खरको घटनाहरु हुन्। ४०१ के १९७८ मा सिर्जना भएको हो। रोथ आईआरए १९९८ मा र इण्डेक्स फण्डहरु १९७० मा विकसित भएका थिए।

हाउसल भन्छन्, हाम्रा अधिकांश कमजोर वित्तीय निर्णयहरु हाम्रो सामूहिक अनुभवहीनताबाट आउँछ।

अध्याय २ः भाग्य र जोखिम

अथक प्रयासले नतिजा निर्धारण गर्दछ। भाग्य र जोखिम प्रायः व्यक्तिगत परिणामहरुमा देखिन्छ।

बिल गेट्सको कथाः १९६८ मा गेट्सले विश्वमै कम्प्यूटर भएको एक मात्र उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेका थिए। यदि शिक्षक बिल डगलले ३ हजार डलर बराबरको टेलिटाइप कम्प्यूटर किन्ने प्रयास नगरेका भने, के गेट्सले आफ्नो करियर सफलताको आनन्द लिने सक्थे?

गेट्स आफै पनि यो कुरा स्वीकार्छन्, ‘यदि लेकसाइड (विद्यालय) नहुँदो हो त, अहिले माइक्रोसफ्ट पनि हुँदैन थियो।’

लेकसाइडमा तीन कम्प्यूटर विद्यार्थीहरु थिए, बिल गेट्स, पल एलन र केन्ट इभान्स। केन्ट इभान्सको नियतिमा पनि सफलता थियो तर स्नातक हुनुअघि पर्वतारोहण दुर्घटनामा उनको असामयिक निधन भयो। यसलाई दुर्भाग्यको एक उदाहरणको रुपमा प्रयोग गर्न सकिन्छ।

जोखिम र भाग्य दुबै वास्तविकता हो कि जीवनमा हरेक परिणाम व्यक्तिगत प्रयास बाहेक अन्य शक्तिहरुद्वारा पनि निर्देशित हुन्छ..... यी दुबै हुनसक्छन् किनभने तपाईको शतप्रतिशत कार्यको लागि शतप्रतिशत प्रतिफल दिन संसार एकदमै जटिल छ। आफुले सचेत भएका गर्ने कार्यभन्दा पनि आफ्नो नियन्त्रणभन्दा बाहिरको कार्यहरुको आकस्मिक प्रभाव परिणाममा धेरै पर्न सक्छ। कुनै एक व्यक्ति विशेष वा केस स्टडीमा केन्द्रित हुनुभन्दा फराकिलो प्याटर्नहरुमा केन्द्रित हुनुहोस्। चरम परिणामहरुको सम्भावना निकै कम हुन्छ। यस्ता नतिजा ंप्राप्त गरिसकेका हरुले सिकेका पाठहरु प्रयोग गर्नु सँधै सबैको लागि सहयोगी हुँदैन किनभने जोखिम र भाग्य जस्ता बाह्य शक्तिहरुले गहिरो र अपरिवर्तनिय भूमिक खेल्न सक्छन्।

यसको सट्टा फराकिलो प्रतिमानहरु हेर्नुहोस् जसले दिशात्मक अन्तरदृष्टि प्रदान गर्दछ। उदाहरणको लागि, ति मानिसहरु खुसी हुन्छन् जसले आफ्नो समय र शक्ति नियन्त्रण गर्न सक्छ।

comments powered by Disqus

ग्रहको लागि ‘गम्भीर चेतावनी’ः कोइलाले आर्थिक सुधारलाई शक्ति दिइरहेको छ

Apr 20, 2021 08:38 PM

ग्लोबल कार्बन डाइअक्साइड उत्सर्जन यस वर्ष खतरनाक रुपले बढ्ने देखिन्छ किनभने विश्व अर्थव्यवस्था भारी रिकभरिबाट गुजरीरहेको छ।