बुधबार नेपाली शेयर बजारमा मात्र नभई भारतीय शेयर बजारमा पनि प्राविधिक गडबडी

Feb 24, 2021 06:17 PM Merolagani



बुधबार नेपाली शेयर बजारमा मात्र नभई भारतीय शेयर बजारमा पनि प्राविधिक गडबडी देखापरेको छ । जसकारण भारतीय बजारमा यसदिन कारोबार समयावधि थपेर ५ बजे पुर्याइएको हो ।

बिहान ११ बजेर ४० मिनेटदेखि नेशनल स्टक एक्सचेन्जका सबै सेग्मेन्ट बन्द रहेको थियो भने ३ बजेर ३५ मिनेटमा एनएसईमा कारोबार फेरि सुरु भएको थियो । त्यसभन्दा अघि ३ः३० बजे प्री ओपन मार्केट कारोबार सुरु भएको थियो । जसकारण बिएसईमा ५ बजेसम्म कारोबार भएको थियो ।

भारतीय नेशनल स्टक एक्सचेन्ज (एनएसई)को सिस्टममा बिहान ११ः४० मा समस्या देखिएको थियो । कारोबार रकम नै सिस्टममा नदेखिएपछि कारोबार रोकिएको थियो ।

प्राविधिक समस्या सल्टिएपछि मात्र कारोबार सुन सुचारु गरिएको थियो र कारोबार समय थप गरिएको थियो । यसकासाथै पेन्डिंगमा रहेका अर्डरहरुलाई रद्द गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा समस्या देखिएको थियो । बजार खुलेदेखिनै लगानीकर्ताले शेयर खरिदकिालागि अर्डर राख्न नमिल्ने समस्या भोग्नुपरेको थियो । यद्यपी कारोबार समय भने थप गरिएको थिएन ।

बुधबार भारतीय शेयर बजारमा लगातार दोश्रो दिन बढोत्तरी भएको छ । यस दिन बिएसई सेन्सेक्स १ हजार ३० अंकले बढेर ५० हजार ७८१.६९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । सुरुवातको कारोबारमा सूचकले सबैभन्दा उच्च स्तर ५० हजार ८८१.१७ विन्दु छोएको थियो ।

 

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।