बुधबार नेपाली शेयर बजारमा मात्र नभई भारतीय शेयर बजारमा पनि प्राविधिक गडबडी

Feb 24, 2021 06:17 PM Merolagani



बुधबार नेपाली शेयर बजारमा मात्र नभई भारतीय शेयर बजारमा पनि प्राविधिक गडबडी देखापरेको छ । जसकारण भारतीय बजारमा यसदिन कारोबार समयावधि थपेर ५ बजे पुर्याइएको हो ।

बिहान ११ बजेर ४० मिनेटदेखि नेशनल स्टक एक्सचेन्जका सबै सेग्मेन्ट बन्द रहेको थियो भने ३ बजेर ३५ मिनेटमा एनएसईमा कारोबार फेरि सुरु भएको थियो । त्यसभन्दा अघि ३ः३० बजे प्री ओपन मार्केट कारोबार सुरु भएको थियो । जसकारण बिएसईमा ५ बजेसम्म कारोबार भएको थियो ।

भारतीय नेशनल स्टक एक्सचेन्ज (एनएसई)को सिस्टममा बिहान ११ः४० मा समस्या देखिएको थियो । कारोबार रकम नै सिस्टममा नदेखिएपछि कारोबार रोकिएको थियो ।

प्राविधिक समस्या सल्टिएपछि मात्र कारोबार सुन सुचारु गरिएको थियो र कारोबार समय थप गरिएको थियो । यसकासाथै पेन्डिंगमा रहेका अर्डरहरुलाई रद्द गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा समस्या देखिएको थियो । बजार खुलेदेखिनै लगानीकर्ताले शेयर खरिदकिालागि अर्डर राख्न नमिल्ने समस्या भोग्नुपरेको थियो । यद्यपी कारोबार समय भने थप गरिएको थिएन ।

बुधबार भारतीय शेयर बजारमा लगातार दोश्रो दिन बढोत्तरी भएको छ । यस दिन बिएसई सेन्सेक्स १ हजार ३० अंकले बढेर ५० हजार ७८१.६९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । सुरुवातको कारोबारमा सूचकले सबैभन्दा उच्च स्तर ५० हजार ८८१.१७ विन्दु छोएको थियो ।

 

 

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।