निफ्राको शेयरलाई हतियार बनाएर लगानीकर्ताहरूको मनोविज्ञानसँग खेलवाड गरियाेः लगानीकर्ता

Feb 24, 2021 06:26 PM Merolagani



लगानीकर्ताहरूले निफ्राको शेयरलाई हतियार बनाएर परिसूचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाई लगानीकर्ताहरूको मनोविज्ञानसँग खेलवाड गरेकाे बताएका छन् ।

लगानीकर्ताहरूकाे पाँच छाता संघ र संगठनहरूले संयुक्त रूपमा बुधबार प्रेस  बिज्ञप्ति जारी गर्दै नेप्सेको टिएमएसमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी र शेयर लगानीकर्ता दवाब समूहका हरि ढकालले हस्ताक्षर गरेको संयुक्त बिज्ञप्तिमा टिएमएस समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

‘विश्वले सर्वमान्य रूपमा स्वीकार गरेको देशको अर्थतन्त्रको ऐनाको उपमा दिइएको पुँजीबजार जस्तो गरिमामय क्षेत्रलाई ३५ खर्व भन्दा माथी पुँजीकरण भएको र सिडिएससीको वेभसाइडबाट प्राप्त आजको रेकर्ड अनुसार २९ लाख २५ हजार ८ सय ९७ हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोवार गरिरहेका र सक्रिय लगानिकर्ताहरूको सहभागिता रहेको नेपालको पुँजीबजार सञ्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्थाबाट यस क्षेत्रलाई गैर जिम्मेवारी पूर्वक सञ्चालन गर्दै आएका र हामीले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भएर पुँजीबजार सन्चालन गरिरहेका छन भन्ने कुरा आजको शेयर कारोवार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुनः पुष्टि गरेको छ,’ बिज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हामी पुँजीबजारमा कारोबार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले वारम्वार गुनासो गर्दै आएको टिएमएसको वेभसाइडको समस्या, मेरो शेयरको समस्या त्यसमा पनि अनलाईन कारोवार गर्दा लगानिकर्ताका कुनै पनि कमी कमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये इडिआइएसको मुख्य समस्याले गर्दा क्लोज आउटमा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको व्यहोरा सर्वविदितै छ ।

२०७५ सालमा सञ्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिँदै आज २०७७ साल फागुन १२ गते निफ्राको शेयरको कारोबारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसुचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानिकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सञ्चालक निकाय प्रतिको लगानीकर्ताहरूको विश्वसनीयतामा नराम्रो धक्का लागेको र हाम्रो (सम्पत्ति) शेयरको असुरक्षा भएको व्यहोरा सम्वन्धित निकायमा जानकारी गराउन चाहान्छौं ।’

‘पुँजीबजारमा भर्खर सर्व साधारण जनताको चासो र विश्वास बढ्दै गरेको, देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्ष्यमा आज अचानक निफ्राको शेयरलाई हतियार बनाएर परिसूचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाई लगानीकर्ताहरूको मनोविज्ञानसँग खेलवाड गर्ने जो कोही पनि व्यक्ति, संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधीलाई हामी लगानीकर्ताहरूले कति समय सम्म सहेर बस्ने हो ? यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकायबाट हामीले कहिले गर्न पाउने हो ? यावत प्रश्नहरूको उत्तर सम्बन्धित निकायबाट यथासिघ्र सम्बोधन र समस्याको समाधानको लागि विनम्रतापूर्वक अनुरोध गर्दछौ,’ संयुक्त बिज्ञप्तिमा भनिएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।