दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 24, 2021 06:27 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बुधबार आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी ११ लाख ८१ हजार ९७६ बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट आशा लघुवित्तले शेयरधनीलाई १५ प्रतिशत र वोमी लघुवित्तले ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।