एभरेष्ट बैंकको शेयर स्वामित्व परिवर्तन

Feb 24, 2021 06:28 PM Merolagani



एभरेष्ट बैंक (EBL) को शेयर स्वामित्व परिवर्तन भएको छ । संस्थापक समुहको शेयर हिस्सा घटाएर सर्वसाधारण समुहको शेयर हिस्सा बढाइएको हो ।

बैंकले ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्बसाधारण समुहमा परिणत गरेको छ ।

यससंगै बैंकको संस्थापक शेयर हिस्सा ५९.२३ प्रतिशत र सर्बसाधारण समुहको हिस्सा ४०.७७ कायम भएको छ ।

यस अघिनै बैंकले संस्थापक समुहकाे ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत गर्ने निर्णय गरेको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।