टेलिकमलाई मोबाइल मनिको लाइसेन्स दिने राष्ट्र बैंकको अन्तिम तयारी, यस्तो हुने छ सेवा र फिचर

Feb 25, 2021 03:02 PM Merolagani

नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानीमा आउन लागेको भुक्तानी सेवाप्रदायक कम्पनीलाई अनुमति दिने अन्तिम तयारी गरेको छ ।

भइरहेका मोबाइल भुक्तानी सेवा प्रदायक कम्पनीभन्दा फरक बिशेषता र सेवासहित ल्याउन लागिएको मोबाइल मनि सेवाका लागि झण्डै एक महिना अघि अनुमति मागेको थियो ।

अब भने छिट्टै नै उक्त मोबाइल मनी कम्पनीको लाइसेन्स दिने प्रक्रिया अघि बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले नेपाल टेलिकमको अगुवाइमा आउन लागेको डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनीलाई अनुमति पत्र दिने काम अन्तिम चरणामा पुगेको बताए ।

उनका अनुसार यो कम्पनी आएपछि डिजिटल भुक्तानीको शैली नै फरक हुने छ । योसँगे नेपालका अन्य डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनीहरुको अस्तित्व धरापमा पर्ने आँकलन पनि गरिएको छ ।
दुई ओटा कम्पनी मिलेर ल्याउन लागिएको उक्त मोबाइल मनीमा लाखौं सेवाग्राही जोडिने छन् । नेपाल टेलिकमका ग्राहक र बाणिज्य बैंकका ग्राहक सबै अहिले ल्याउन लागिएको मोबाइल मनी मै आवद्ध हुने कारण पनि अन्य कम्पनीलाई बजारमा टिक्न कठिन हुने सरकारी अधिकारीहरु नै बताउँछन ।

मोबाइल वालेट कम्पनीहरुले दिने सेवा बैंकहरुले पनि दिइरहेको र वालेट प्रतिको आकर्षण घट्दो क्रममा छ ।

नेपाल डिजिटल कम्पनी लिमिटेड नामक कम्पनीबाट दिइने उक्त मोबाइल मनी फरक फिचर र सेवाहरु उपलब्ध हुने बताइएको छ ।

१ अर्ब अधिकृत पूँजी रहेको उक्त कम्पनीमा टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले राष्ट्रबैंकबाट अनुमति पत्र पाएको एक महिना भित्र सेवा सञ्चालन गर्ने तयारी रहेको बताए ।‘अरुको भन्दा फरक भएकाले पनि हाम्रो सेवामा ग्राहकको अकर्षण हुने अपेक्षा गरेका छौं’ अधिकारीले भने ।

यस्तो हुने छ सेवा र फिचर

दुई कम्पनीको लगानीमा आउने मोबाइल मनीको सबैभन्दा पहिलो अकर्षणको बिषय अनलाइन र अफलाइन हो । टेलिकमले ल्याउन लागेको मोबाइल मनीमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिने छ ।

त्यस्तै मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुन टेलिकमले जनाएको छ । उक्त मोबाइल मनी ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको भनाई छ ।

त्यस्तै टेलिकमको मोबाइल मनी सेवामा बैंङ्किङ वालेट सेवा,क्युआर, तथा सरकारी राजस्व तिर्न बढी फोकस हुने छ ।

पानी,बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न,बिल तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनी नयाँ प्रविधिमा आधारित हुने छ ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा  एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने आँकलन गरिएको छ ।

सेवा सुरु भएपछि टेलिकमका ग्राहकले अहिलेका रिचार्ज सेन्टरहरुबाटै मोबाइल वालेटमा पैसा जम्मा गर्न सक्नेछन् । जसलाई आवश्यकता अनुसार मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । तथ्याङ्क हेर्ने हो भने नेपाल टेलिकमका मात्रै सक्रिय सिमकार्ड प्रयोगकर्ता दुई करोड हाराहारीमा छन् ।

यो सँगै नेपालमा पहिलोपटक दूरसञ्चारक सेवाप्रदायक कम्पनी डिजिटल भुक्तानी सेवामा प्रवेश गरेको छ । यस भन्दा अघि विभिन्न बैंक तथा छुट्टै भुक्तानी सेवाप्रदायकले सेवा दिइरहेका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।