म्यादी बीमाबाट माघसम्ममा २५ करोड बीमाशुल्क आर्जन

Feb 25, 2021 03:14 PM Merolagani



चालू आर्थिक वर्षको माघसम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) बाट २५ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा ७ लाख ४६ हजार ४११ बीमालेखबाट सो बराबरको बीमा शुल्क आर्जन भएको हो ।

म्यादी बीमा गर्नको लागि हाल श्रम तथा रोजगार विभागमा १४ जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । त्यस मध्ये चार बीमा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फत म्यादी बीमाको सेवा दिइरहेका छन् ।

सूर्या लाइफ,नेशनल लाइफ,युनियन लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आएका छन् । त्यस मध्ये सबै भन्दा धेरै सुर्या लाइफ इन्स्योरेन्सले २ लाख ७६ हजार १५९ वटा बीमालेख जारी गरेका छन् । तर सूर्या लाइफले कति बीमाशुल्क आर्जन गर्यो त्यसको तथ्यांक भने सार्वजनिक गरेको छैन ।

नेशनल लाइफ इन्सयोरेन्स २ लाख ५६ हजार ४३४ वटा म्यादी बीमालेख जारी गरेको छ । त्यसवाट कम्पनीले ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

सन नेपाल लाइफले २२ हजार २७१ वटा म्यादी बीमालेख जारी गरी ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले २३ हजार ८७२ वटा बीमालेखबाट ७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै प्राइम लाइफ ८४ हजार ७८९ वटा बीमालेखबाट २ करोड रुपैयाँ, युनियन लाइफले ७४ हजार २४७ वटा बीमालेखबाट २ करोड र नेपाल लाइफले ३ हजार ४०७ वटा म्यादी बीमालेख जारी गरी २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

एनआईसी नेपालले पनि ५ हजार २०५ वटा म्यादी बीमालेख जारी गरेका छन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।