फेसबुक र इन्स्टाग्रामले म्यानमारको सेनामाथि लगायो प्रतिबन्ध

Feb 25, 2021 04:32 PM Merolagani

फेसबुकले म्यानमारका सेना तथा उनका सहयोगीहरुलाई आफ्नो प्लाटफर्मको प्रयोगमा प्रतिबन्ध लगाएको छ । म्यानमार सेनालाई फेसबुक तथा इन्स्टाग्रामकालागि अनुमति दिनु जोखिमपुर्ण भएकाले यस्ताे फैसला गर्नुपरेकाे फेसबुकले बताएकाे छ ।

फेब्रुअरी १ मा भएको सैनिक कु पश्चात सेनाको मूख्य पेजमाथि गाइडलाइन्सको उल्लंघनकाे कारण देखाउँदै फेसबुकले पहिलेदेखि नै रोक लगाएको छ ।

म्यानमारको सेनाले २०२० काे निर्वाचनमा मतदाता धोखाधडीकाे दाबी गर्दै साेकाे बारेमा प्रसारण तथा प्रचारकालागि फेसबुकको प्रयोग गरेको थियो ।

फेसबुकले बुधबार राती दिएको एक बयान अनुसार फेब्रुअरी १को सैनिक कु पछि भएका हिंसाका घटनालाई मध्यनजर गर्दै यस प्रतिबन्धको आवश्यकताको महसुस गरेको हो । सैनिक कुको विरोधमा भएको र्यालीमा भएको हिंसामा हालसम्म कम्तिमा तीन प्रर्दशनकारी तथा एक प्रहरीको मृत्यु भइसकेको छ ।

 

फेसबुकले यस प्रतिबन्ध अनिश्चितकालकालागि तथा तत्कालको प्रभावबाट लागू भएको बताएको छ । सेनाले अनलाईन असन्तुष्टि दबाउनकालागि समय समयमा इन्टरनेट बन्द गर्ने तथा फेसबुक ब्लक गर्ने जस्ता कदम उठाएको आलोचकहरुले बताएका छन् ।

म्यानमारको दुरसंचार कानुनको धारा ७७ का अनुसार सरकारले संकटकालको समयमा दुरसंचारका सबै माध्यम बन्द गर्न सक्दछ । म्यानमारमा फेसबुक इन्टरनेटको प्रमुख माध्यमका रुपमा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।