२०० सेग्मेन्टका मोटरसाइकल बीच चर्को प्रतिस्पर्धा, तपाईंको रोजाइमा कुन ?

Feb 27, 2021 02:09 PM Merolagani



युवराज बस्नेत 

आकर्षक लुक्स, उत्कृष्ट पावर र पर्फमेन्स । एकसय ५० भन्दा माथिनै ग्राउन्ड क्लीयरेन्स र एबीएस फिचर । यी र यस्तै बिशेषताका कारण नेपालमा दुईसय सेग्मेन्टका दुईपाग्रे सवारी लोकप्रिय छन् ।

अफ रोड र अनरोड दुबै सडकका लागी सुहाउदो भएकालेपनि नेपाली बजारमा यस्ता मोटरसाइकलको क्रेज व्यापक छ । नेपालमा २०० सेग्मेन्टका ब्रान्डहरु धेरै छन् । तर, पावर पर्फमेन्सकै आधारमा राइडरहरुले मोटरसाइकल चुन्ने गरेका छन् ।

पछिल्लो समय नेपाली बजारमा ठूला सीसीका बाइक भन्दा साना र मध्यम स्तरका मोटरसाइकलमै आकर्षण छ । बजारमा २०० सेग्मेन्टथमा सबैभन्दा बढी बजार हिस्सा बजाजले नै ओगटेको देखिन्छ । अहिले १५० र २०० सेग्मेन्टका बाइक नै बढी माग रहेको व्यवसायीहरु बताउँदै आएका छन् ।

बिशेषगरी पावर र पर्फमेन्स नै चालकले खोज्ने भएकाले एनएस २००, अपाचे २००, हिरो एक्सपल्स, केटीएम ड्युक २०० नेपाली बजारमा चर्को प्रतिस्पर्धा गरिरहेका छन् । पावर पर्फमेन्स र समानको उपलब्धतालाई मध्यनचर गर्दै दुईसय सेग्मेन्टको बारेमा चर्चा गर्दै छौं ।

पल्सर एनएस २००

पछिल्लो समय नेपाली युवाको पहिलो रोजाइ नै पल्सर एनएस २०० बन्न पुगेको छ । २०० सेग्मेन्टको सबैभन्दा उत्कृष्ट मोटरसाइकल छनोटमा पल्सर एनएसमा नै युवाको क्रेज छ । उत्कृष्ट पावर र पर्फमेन्स र लुक्स नै एनएसको मुख्य बिशेषता हो ।

अफरोड–अनरोड दुबै सडकमा चलाउनको लागी सहज रहेको कारणपनि यो मोटरसाइकलले लोकप्रियता कमाएको छ । काठमाडौं उपत्यका लगाएत देशैभरी एनएसको बर्चस्व छ । नेपालका लागी बजाज मोटरसाइकलको आधिकरीक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास प्रा लिले बजाजको माटरसाइकल विक्री वितरण गर्दै आएको छ ।

 

यो बाइकले २३.५ पीएसमा ९५०० आरपीएम जेनेरेट गर्छ । अझ एनएस २०० एबीएस एफआई प्रविधिमा आएपछि युवाको क्रेज ह्वातै बढेको छ । १६९ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो बाइकमा १२ लिटर इन्धन क्षमता रहेको छ ।

अहिले नेपाली बजारमा यसको मल्य एबीएस वीथ एफआईकोको तीन लाख ७२ हजार र नन एफआईको मुल्य तीनलाख ४९ हजार रहेको छ ।

आरटीआर अपाचे २००

नयाँ नयाँ फिचर, अब्बल लुक्स र उत्कृष्ट पर्फमेन्सको कारण आरटीआर अपाचे २०० फोर भीमा युवाको क्रेज बढेको छ । अहिले यो मोटरसाइकलपनि एबीएस फिचरमा नेपाली बजारमा भित्रिउको छ ।

अन्य बाइकमा भन्दा फरक फिचर भएको यो बाइकल अफरोड अनरोड दुबैसडकमा उपयुक्त छ भने लामोदूरीको लागीपनि उत्कृष्ट रहेको छ । यो बाइक अहिले नेपालमा संकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्सले विक्री वितरण गर्दै आएको छ ।

 

१९७ सीसीको इन्जीन दिइएको यो बाइक जसले २०.८० पीएसमा ९ हजार आरपीएम पावर जेनेरेट गर्छ । एक सय ८० एमएम ग्राउन्ड क्लीयरेन्स, १२ लिटर फ्युल ट्याङ्क, ५ स्पिड गियर यो मोटरसाइकलको प्रमुख बिशेषता हो । नेपाली बजारमा यसको मुल्य तीन लाख ५० हजार तोकिएको छ ।

केटीएम ड्युक २००

केटिएम ड्युक बाइक युवा पुस्ता लक्षित बाइकको रुपमा परिचित छ । सडकमापपनि युवाले नै हुइक्याइरहेको देख्न सकिन्छ । २०० सेग्मेन्टमा सर्वाधिक चर्चित यो बाइक गोल्छा गु्रपले विक्री वितरण गर्दै आएको छ । ठूला पाग्र, उत्कृष्ट पावर र लुक्सकै कारढा युवा पुस्ताका झुमिने गरेका छन् ।

 

१९९.५ सीसीको इन्जिन दिइएको यो बाइकको म्याक्सीमम पावर २४.६ बीपीएचमा १० हजार आरपीएम रहेको छ । पाँच स्पिड गियर, १३ लिटर फ्युल ट्याङ्ुक, एबीएर फिचर यसको प्रमुख बिशेषता हुँन । नेपाली बजारमा यसको मुल्य साढे पाँच लाख रहेको छ ।

हिरो एक्स पल्स २००

हिरो एक्स पल्स नेपाली बजारमा भित्रिएको झन्डै दुई बर्ष हुन लाग्यो । अफरोड बाइक भएको कारण सबैको रोजाइमा परेको छ । उत्कृष्ट पर्फमेन्स र सस्तो मुल्यकै कारण नेपाली बजारमा हिरो एक्स पल्स चढर हुइकिनेको कमि छैनन् ।

१९९.६ सीसीको यो बाइकले १८.४ पीएसमा ८ हजार आपीएम पावर जेनेरेट गर्छ । बीएस सिक्स मोडलको यो बाइकमा सिङ्गल च्यानल एबीएस, पाँच गीयर बक्स, आफरोडमा सहजै कुद्ने बाइकका मुख्य बिशेषता हुन । नेपाली बजारमा यसको मुल्य तीन लाख ९१ हजार तोकिएको छ ।

नेपाली बजारमा अन्य थुप्रै २०० सेग्मेन्टका बाइक ब्रान्ड भएपनि यी चार ओटा मोडल सर्वाधिक बिक्रि हुने र रोजाइमा परेका मध्यमा पर्छन् । अहिले भएका दुई सय सेग्मेन्टका बाइक चार लाख तलकै मुल्यमा उपलब्ध छन् ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।