भारतीय शेयर बजारमा २०२१कै सबैभन्दा भारी गिरावट, कारण यस्ताे

Feb 26, 2021 05:42 PM Merolagani



भारतीय शेयर बजारमा सन् २०२१ कै भारी गिरावट भएको छ । शुक्रबार बिएसई सेन्सेक्स एक हजार ९३९ अंकले घटेर ४९ हजार ९९.९९ विन्दुमा झरेर बन्द भएको छ । यसभन्दा अघि एकैदिनमा यस्तो गिरावट २०२० को मे ४ मा भएको थियो । सो समयमा सूचक २००० अंक भन्दा धेरैले ओरालो लागेको थियो ।

भारी गिरावटका बिचमा सेन्सेक्स २ हजार १४८.३३ अंकले घटेर यस दिनको सबैभन्दा तल्लो स्तर ४८ हजार ८९०.४८ विन्दुमा पनि ओर्लेको थियो । कारोबारमा संलग्न सबै ३० सूचक गिरावट भएको छ । एम एण्ड एम तथा ओएनजीसीको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले गिरावट भएको छ ।

अमेरिका तथा ईरानकाबिच बढ्दो तनावका कारण तथा विश्वभरको बजारको सेन्टिमेन्ट अमेरिकामा बढाइएको बोन्डमा भएका कारण पनि शेयर बजार गिरावट भएको भारतीय लगानीकर्ताहरुको भनाई छ ।

यस दिन  बैकिंग तथा अटोको शेयरमूल्य सबैभन्दा बढिले घटेकाे छ । लगानीकर्ताले सबैभन्दा बढि बैकिंग तथा अटोको शेयर बिक्री गरेका छन् । जसकारण निफ्टी बैंक सूचक ४.७८ प्रतिशतले झरेर ३४ हजार ८०३.६० विन्दुमा र अटो सूचक ३.१२ प्रतिशतले घट्दा १० हजार १६९.९० विन्दुमा कारोबार बन्द भयो ।

 

अमेरिकी शेयर बजारमा भारी गिरावटको प्रभाव विश्वभरकाे शेयर बजारमा पनि परेको छ । फलस्वरूप शुक्रबार जापानको निक्केई सूचक एक हजार १७४ अंकले, हंगकंगको हेंगसेंग सूचक एक हजार ७६ अंकले तथा चीनको शंघाई कम्पोजिट सूचक र कोरियाको कोस्पी २/२ प्रतिशतले गिरावट भएको छ ।

अमेरिकामा बोन्ड ईल्ड बढ्दा र टेक्नोलोजी शेयरको बिक्री बढेका कारण मूख्य सूचक गिरावट भएको हाे ।          




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।