लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखरले डाक्यो साधारण सभा

Feb 28, 2021 08:47 AM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले चैत ९ गते सोमबार, बिहान ११ बजे आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १५ औँ र १६ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सो सभाले यसै आर्थिक वर्षमा बाँडफाँट गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित बोनस गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत र नगद लाभांश १.९ प्रतिशत हो।

यसका साथै, बाेनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीकाे ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, इन्स्योरेन्सको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

गत असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ थियो। सो चुक्तापूँजीको १ बराबर ०.३ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ। अब ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार ९२७ रुपैयाँ पुग्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।