स्वरोजगार लघुवित्तको मूल्य समायोजन

Feb 28, 2021 10:29 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फागुन १५ गते, शनिबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को शेयरमूल्य समायोजन गरेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

 नेप्सेले लघुवित्तको १२.३९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य एक हजार ३१५ रुपैयाँ निर्धारण गरेको छ। नेप्सेले लघुवित्तको गत साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गरेको हो। गत बिहीबार लघुवित्तको शेयर एक हजार ४७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२.३९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख रुपैयाँ पुग्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।