विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रमाथि बढ्दैछ ऋण, हरेक अमेरिकी नागरिकमाथि यति धेरै भार

Feb 28, 2021 05:49 PM Merolagani

कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र प्रभावित भएको समयमा विश्व बैंकसँग धेरै देशहरुले ऋण लिएका छन् । तर विश्वभरमा ऋण दिने विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकामाथि भारी मात्रामा ऋणको बोझ रहेको छ । पछिल्लो समय बढ्दो ऋणको चापमा परेको अमेरिकाले चीन,जापान,भारत र ब्राजिल लगायतका राष्ट्रसँग पनि ऋण लिएको छ ।

अमेरिकाका एक संसद सदश्यका अनुसार अमेरिकामा यस वर्ष मात्र २९ लाख डलरको ऋण थपिएको छ । अमेरिकी सासंद एलेक्स मूनीले सो देशमा ऋणको बोझ लगातार बढिरहेको र तीमध्ये सबैभन्दा धेरै चीन र जापानको रहेको बताएका छन् ।

२० वर्षमा चार गुणाले थपियो अमेरिकामाथि ऋणको भार
तथ्यांकका अनुसार सन् २०२१मा अमेरिकालाई २७.७८ट्रिलियन डलरको ऋण रहेको छ जुन सन् २००० देखि २०२० सम्ममा चार गुणाले बढि हो । सन् २०२० मा अमेरिकाको कुल राष्ट्रिय ऋण २३ हजार ४०० अर्ब डलर रहेको थियो । अर्थात प्रत्येक अमेरिकीमाथि औसतमा ७२ हजार ३०९ डलरको ऋण थियो । 

चीन र जापानसँग लिएको थियो यति ऋण

अमेरिकी सासंद एलेक्सका अनुसार हरेक व्यक्तिमाथि ऋण थपिइरहेको छ । यो थप कता जाँदैछ भन्ने विषय सर्वसाधारणका लागि अत्यन्त भ्रामक बन्दै गइरहेको छ । 'चीन र जापान जस्ता दुई देश हाम्रा ऋणदाता हुन्, ती वास्तवमा हाम्रा मित्र होइनन्,' उनले भने ।

वेस्ट भर्जिनियाको प्रतिनिधित्व गर्ने सासंद एलेक्सले भने,' चीनसँग अन्तरराष्ट्रिय स्तरमा नै अमेरिकाको प्रतिस्पर्धा रहेको छ । हामीमाथि चीनको एक हजार अर्ब डलरभन्दा पनि धेरै ऋण बाँकी छ । जापानको पनि एक हजार अर्ब डलर भन्दा बढि हामी ऋणी छौँ ।

ओबामाको समयमा दोब्बर भएको थियो कर्जा

सासंद एलेक्सले ऋणदाता देशहरुलाई ऋण चुक्ता गनुपर्ने बताएका छन् । उनले ऋणदाता देशहरुमध्ये सबैले अमेरिकाको हितका बारेमा सोच्ने बारेमा बताउन नसक्ने जानकारी पनि दिए । अमेरिकाले ब्रजिललाई २५८ अर्ब डलर र भारतलाई २१६ अर्ब डलर दिनुपर्ने र विदेशी ऋणदाताको यस्ताे सूची लामो रहेको पनि उनले थपे ।

सन् २००० मा अमेरिकामाथि पाँच हजार ६०० अर्ब डलरको ऋण रहेको थियो जुन ओबामाको समयमा दोब्बर भएको हो । सासंद एलेक्सले ओबामाको आठ वर्षको शासनकालमा अमेरिकामाथि कर्जाको भारी दुई गुणाले थपिएको र अहिले पनि थपिदै गएको बताए ।

अमेरिकाको जीडिपी र कर्जा अनुपात खतराको अवस्थामा

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९का कारण भएको क्षतिबाट अर्थतन्त्र बचाउनका लागि जनवरीमा १.९ अर्ब डलरको राहत प्याकेजको घोषणा गरेको थिए । सासंद एलेकसकासाथै अन्य विपक्षी सासंदहरुले यसको विरोध गरेका थिए । सो प्याकेजमा सर्वसाधारणहरुलाई दिइएको आर्थिक राहत, व्यापारीहरुलाई दिइएको सपोर्ट र भ्याक्सिन योजनाका लागि दिइएको रकम पनि समावेश रहेको छ । एलेक्सले जनाए बमोजिम राहत प्याकेजलाई अनुमति दिनुअघि पहिले सासंदहरुले जीडिपी र कर्जाको अनुपात हेर्नुपर्नेछ जुन नियन्त्रण भन्दा बहिरको अवस्थामा पुगेको छ ।

( एजेन्सीकाे सहयाेगमा ) 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।