लगातारको भारी गिरावटपछि भारतीय सेन्सेक्समा ९०० अंककाे उछाल,एशियाली शेयर बजारमा पनि बढोत्तरी

Mar 01, 2021 01:27 PM Merolagani



सोमबार,पहिलो कारोबार दिन भारतीय शेयर बजारमा बढोत्तरी भएको छ । शुक्रबार २०२१ कै भारी गिरावट भएको सो बजार साताको पहिलो कारोबार दिन बढेको हो ।

यस दिन बीएसई ६४७.७२ अंकले र निफ्टी १७३.३५ अंकको वृद्धिसँगै खुलेको हो । कारोबार खुलेको पहिलो घण्टामा सेन्सेक्समा ९०० अंकको बढोत्तरी भएको थियो ।

सो बजारमा फाइनान्स,बैंकिंग र फार्मा कम्पनीहरुको शेयर भारी मात्रामा खरिद भइरहेको छ । यस्तै रेलटेल र इन्फीबीम एभेन्यूको शेयरमा १७ प्रतिशतसम्म उछाल आएको छ ।

अघिल्लो साता भारतीय बजार भारी गिरावटका साथ कारोबार बन्द भएको थियो । शुक्रबार बिएसई एक हजार ९३९.३२ अंक तल पुगेर ४९ हजार ९९.९९ विन्दुमा झरेको थियो । यस्तै निफ्टी ५६८.२० अंकले घटेर १४ हजार ५२९.१५ विन्दुमा ओर्लेको थियो ।

एशियाली शेयर बजारमा पनि सोमबार सुधार

एशियाली शेयर बजारले पनि शुक्रबार भएको गिरावटपछि सोमबार गति लिएको छ । बोण्ड बजारको स्थिरताको प्रयाससँगै बजारमा सुधार देखिएकाे हाे । अमेरिकाको ठुलो प्रोत्साहन प्याकेजले विश्वको अर्थतन्त्रमा सुधार गर्ने आशा कम हुँदा र तेलको मूल्य बढेसँगै यस बजार घटेकाे थियाे । 

सोमबार जापान बाहिरको एशिया प्यासिफिक सूचक १ प्रतिशतले बढेको छ जुन गत शुक्रबार ३.७ प्रतिशतले घटेको थियो । यसैगरी जापानको निक्केई सूचक २.१ प्रतिशतले गिरावट भएको छ भने चीनको ब्लू चिप्स ०.८ प्रतिशतले वृद्धि भएको छ । नास्डाक फ्युचर्स १.२ प्रतिशतले र एस एण्ड पी फ्युचर्स ०.८ प्रतिशतले बढोत्तरी हुँदा युरोस्टक्स ५० फ्युचर्स र एफटिएसई फ्युचर्स दुबै १ प्रतिशतले बढेको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।