लगातारको भारी गिरावटपछि भारतीय सेन्सेक्समा ९०० अंककाे उछाल,एशियाली शेयर बजारमा पनि बढोत्तरी

Mar 01, 2021 01:27 PM Merolagani



सोमबार,पहिलो कारोबार दिन भारतीय शेयर बजारमा बढोत्तरी भएको छ । शुक्रबार २०२१ कै भारी गिरावट भएको सो बजार साताको पहिलो कारोबार दिन बढेको हो ।

यस दिन बीएसई ६४७.७२ अंकले र निफ्टी १७३.३५ अंकको वृद्धिसँगै खुलेको हो । कारोबार खुलेको पहिलो घण्टामा सेन्सेक्समा ९०० अंकको बढोत्तरी भएको थियो ।

सो बजारमा फाइनान्स,बैंकिंग र फार्मा कम्पनीहरुको शेयर भारी मात्रामा खरिद भइरहेको छ । यस्तै रेलटेल र इन्फीबीम एभेन्यूको शेयरमा १७ प्रतिशतसम्म उछाल आएको छ ।

अघिल्लो साता भारतीय बजार भारी गिरावटका साथ कारोबार बन्द भएको थियो । शुक्रबार बिएसई एक हजार ९३९.३२ अंक तल पुगेर ४९ हजार ९९.९९ विन्दुमा झरेको थियो । यस्तै निफ्टी ५६८.२० अंकले घटेर १४ हजार ५२९.१५ विन्दुमा ओर्लेको थियो ।

एशियाली शेयर बजारमा पनि सोमबार सुधार

एशियाली शेयर बजारले पनि शुक्रबार भएको गिरावटपछि सोमबार गति लिएको छ । बोण्ड बजारको स्थिरताको प्रयाससँगै बजारमा सुधार देखिएकाे हाे । अमेरिकाको ठुलो प्रोत्साहन प्याकेजले विश्वको अर्थतन्त्रमा सुधार गर्ने आशा कम हुँदा र तेलको मूल्य बढेसँगै यस बजार घटेकाे थियाे । 

सोमबार जापान बाहिरको एशिया प्यासिफिक सूचक १ प्रतिशतले बढेको छ जुन गत शुक्रबार ३.७ प्रतिशतले घटेको थियो । यसैगरी जापानको निक्केई सूचक २.१ प्रतिशतले गिरावट भएको छ भने चीनको ब्लू चिप्स ०.८ प्रतिशतले वृद्धि भएको छ । नास्डाक फ्युचर्स १.२ प्रतिशतले र एस एण्ड पी फ्युचर्स ०.८ प्रतिशतले बढोत्तरी हुँदा युरोस्टक्स ५० फ्युचर्स र एफटिएसई फ्युचर्स दुबै १ प्रतिशतले बढेको छ ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।