वारेन बफेटले दिए चेतावनी, स्थिर आय सम्पत्तिमा लगानी गर्नेको भविष्य अन्धकार

Mar 01, 2021 05:41 PM Merolagani

विश्वका चर्चित लगानीकर्ता वारेन बफेटका अनुसार विश्वमा स्थिर आय सम्पत्तिमा लगानी गर्नेहरुको भविष्य अन्धकार हुने संभावना रहेको छ ।

उनले आफ्नो बर्कशायर ह्याथअवेका शेयरधनीहरुलाई लेखेको एक पत्रमा सो उल्लेख गरेका छन् । स्थिर आय सम्पत्तिमा उनले पेनसन फण्ड, इन्स्योरेन्स कारोबार र बोण्डको उदाहरण दिएका छन् ।

बोण्डका बारेमा उनले अहिले बोण्डमा लगानी गर्ने दिन नरहेको बताए । १० वर्ष अवधिकाे अमेरिकी ट्रेजरी बोण्डको यिल्ड सेप्टेम्बर १९८१ को स्तरबाट ९४ प्रतिशतले झरेको विषयमा पनि उनले जानकारी दिए । सन् १९८१ को सेप्टेम्बरमा सो यिल्ड १५.८ प्रतिशत थियो, जुन सन् २०२०को अन्त्यमा घटेर ०.९३ प्रतिशत को स्तरमा आएको थियो ।

जर्मनी, जापानजस्ता केहि राष्ट्रहरुमा सोवरेन बोण्डकाे लगानीमा नेगेटिभ रिर्टन पाइयाे

बफेटका अनुसार जर्मनी र जापान जस्ता केहि राष्ट्रहरुमा लगानीकर्ताहरुले सोवरेन बोण्डमाथि गरेको लाखौं करोडौं डलरको नेगेटिभ रिटर्न पाएका छन् । बर्कशायर ह्याथअवेका सिईओ वारेन बफेटलाई ओरेकल अफ ओहामा पनि भनिन्छ । उनले बोल्ने प्रत्येक शब्दलाई विश्वभरका लगानीकर्ताले गम्भिरताका साथ लिने गर्दछन् ।

बर्कशायरका बीमा कम्पनीहरुले राम्रो नगद प्रवाहका कारण शेयरमा धेरै लगानी गर्न सक्छन्

बर्कशायर ह्याथअवेका बारेमा उनले कम्पनीको कारोबारमा सबैभन्दा ठुलो योगदान सम्पत्ति अथवा दुर्घटना बीमा भएको बताएका छन् । ५३ वर्षदेखि याे बर्कशायरको मूख्य व्यवसाय हो । कम्पनीको आर्थिक शक्ति र नन इन्स्योरेन्स कारोबारबाट हुने राम्रो नगद प्रवाहको बलमा बर्कशायरको बीमा कम्पनीहरूकाे शेयरमा भारी लगानीको रणनितीमा सुरक्षित तरिकाबाट चल्न सक्दछन् । तर धेरैजसो इन्स्योरेन्स कम्पनीहरुको लागि यस रणनितीमा चल्नु असंम्भव रहेको छ । त्यस्ता कम्पनीहरुलाई रेगुलेटरी र क्रेडिट रेटिंग जस्ता कारणले बोण्डमाथि फोकस गर्नुपर्ने हुनसक्छ ।

कोभिड १९ महामारीबाट पनि धरमराएनन् वारेन 

भविष्यकालागि वारेनको उत्साह तथा उनको कम्पनी बर्कशायर ह्याथअवे कोभिड १९ महामारीबाट पनि धरमराएको छैन । गत वर्ष बर्कशायर कम्पनीबाट ३५ हजार कर्मचारीले रोजगारी गुमाएपनि वारेनले सन् २०२० मा २४.७ बिलियन डलरमा पुन : आफ्नो शेयर खरिद गरेर उनको ट्रेडमार्क माथिको आशा कायम राखे ।

उनको कम्पनीले खुद नाफा चौथो त्रैमाससम्ममा खुद नाफा ३५.८४ बिलियन डलर र वार्षिक ४२.५२ बिलियन डलर कमाएको छ ।

( एजेन्सीकाे सहयाेगमा । )

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।