कुमारी ईक्विटी फण्डकाे दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

Mar 01, 2021 07:04 PM Merolagani



कुमारी क्यापिटलले (KumariCapital) बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको (KEF) इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ ।

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका छन् ।

क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।