कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थपियो

Mar 02, 2021 08:19 AM Merolagani



कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ।

सो इकाईका लागि सर्वसाधारणले अब फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्। मागभन्दा बढी इकाईका लागि आवेदन परेमा साे मितिभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने क्यापिटलले जनाएकाे छ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।