साना किसानले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने

Mar 02, 2021 10:09 AM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।

लघुवित्तले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। लघुवित्तले संस्थापक समूहको ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। संस्थापक समूहको शेयरका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै साना किसानको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौंडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबास शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।