कृषि तथा पशुपन्छी प्रविधिकले पनि बीमा अभिकर्ताकाे काम गर्न पाउने

Mar 02, 2021 12:36 PM Merolagani



बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ लाई परिमार्जन गरेको छ। निर्देशिकालाई संशोधन गर्दै समितिले कृषि तथा पशु प्रविधिकको रुपमा काम गर्ने व्यक्ति तथा संस्थाले पनि बीमा अभिकर्ता भइ काम गर्न सकिने व्यवस्था गरेको हो।

तर, व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्दा एउटै बीमालेखमा प्रविधिक र अभिकर्ता भई कार्य गन भने नपाउने व्यवस्था छ।

कुनै व्यक्तिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्न इच्छुकले प्रविधिकको योग्यता पुरा गरी बीमा अभिकर्ताको ईजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ।

प्रविधिकले बीमा अभिकर्ताको रुपमा काम गरेवापत बीमाशुल्कमा पाँच प्रतिशत पारिश्रमिक प्राप्त गर्नसक्नेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।