सुनको मूल्य ताेलामा १ हजार ७०० रुपैयाँले घट्यो

Mar 02, 2021 11:57 AM Merolagani



फागुन १७ गते मंगलबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्याङ्क अुनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

साताको पहिलो दिन सुनको मूल्य ओरालो लागेपनि सोमबार भने तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ८८ हजार ७०० र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।  अघिल्लो कारोबार दिन चाँदीको भाउ वृद्धि भएर प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यस दिन सुनचाँदीको भाउमा गिरावट आएकाे छ । सो बजारमा सुन दुई डलरभन्दा बढिले घटेर प्रति अउन्स एक हजार ७२२ डलर बराबरामा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि ओरालो लागेर प्रति अउन्स २६.२३ डलरमा किनबेच हुँदैछ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।