सुनको मूल्य ताेलामा १ हजार ७०० रुपैयाँले घट्यो

Mar 02, 2021 11:57 AM Merolagani



फागुन १७ गते मंगलबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्याङ्क अुनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

साताको पहिलो दिन सुनको मूल्य ओरालो लागेपनि सोमबार भने तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ८८ हजार ७०० र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।  अघिल्लो कारोबार दिन चाँदीको भाउ वृद्धि भएर प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यस दिन सुनचाँदीको भाउमा गिरावट आएकाे छ । सो बजारमा सुन दुई डलरभन्दा बढिले घटेर प्रति अउन्स एक हजार ७२२ डलर बराबरामा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि ओरालो लागेर प्रति अउन्स २६.२३ डलरमा किनबेच हुँदैछ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।