नयाँ अवतारमा सार्वजनिक हुँदै जावा पेराक, कति पर्छ मुल्य ?

Mar 02, 2021 12:38 PM Merolagani

नयाँ र फरक डिजाइनका साथ नेपाली बजारमा जावा पेराक सार्वजनिक हुने भएको छ । फरक लुक्सका साथ भित्रिन लागेको यो मोटरसाइकलको डिजाइन बोल्ड देख्न सकिन्छ ।

नेपालका लागी जावा मोटरसाइकलको आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्स प्रालिले भारतीय बारमा चर्चित यो मोटरसाइकल भित्र्याउन लागेको हो ।

 

अग्नि ग्रुपले गत कार्तिकदेखि नेपालमा पहिलो पटक जावा मोटरसाइकलको अधिकारीक रुपमा विक्री वितरण सुरु गरेको थियो । नेपालमा जावा मोटरसाइकल भित्रिएको छोटो समयमा नै ठूलो सफलता हात पर्न सफल भएको अग्नि ग्रुपकाे दावी छ।

नेपाली बजारमा बिशेषगरी युवा पुस्तामाझ लोकप्रियता कमाएको छ । जावा पेराक क्रुज बाइक मात्रै होइन फरक पहिचानका साथ बनाइएको चर्चित मोटरसाइकल हो । फरक र युनिक देखिने यो बाइक निकै वृहत डिजाइनमा बनेको छ ।

परम्परागत क्रुज बाइक भन्दा फरक देखिने जावा पेराक डर्क,व्ल्याक थिममा देखिने छ । मोर्डन सिङ्गल सिट रहेको यो बाइमा फरक पर्फमेन्स दिने कम्पनीको भनाई छ ।
सिङ्गल सिलिन्डर एफआई इन्जिन दिइएको जावा पेराकमा वीएस ६ प्रविधिमा आधारित छ ।

 

३३४ सीसीको इन्जिन,लिक्वीड कुल्ड सिस्टम रहेको जावा पेराकले ३०.६४ पीएस म्याक्सिमम पावर र ३२.७४ एनएम जेनेरेट गर्छ ।

६ स्पीड गिएर बक्स रहेकाले प्रति घण्टा १४० को स्पीडमा कुद्छ । १४ लिटर इन्धन क्षमता ,प्रति लिटर ३४ किलोमिटर माइलेज,अगाडि र पछाडि पाँग्रामा डिस ब्रेक, १४५ एमएम ग्राउन्ड क्लियरेन्स यो बाइकको मुख्य फिचर हो ।

नेपाली बजारमा जावा पेराकको सार्वजनिक मिति नतोकिएपनि केहि महिना भित्रै सार्वजनिक हुने बताइएको छ । नेपालमा जावा पेराकको मुख्य ७ देखि ८ लाखको हाराहारीमा हुने अनुमान गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।