बजारमा सुनको अभाव, कोटा बढाउन राष्ट्र बैंकलाई नेपाल बैंकर्स संघको दबाब

Mar 02, 2021 12:53 PM Merolagani



बजारमा सुनको अभाव देखिएको छ । सुनको अभाव देखिएपछि नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई पत्र पठाउँदै सुनको परिणाम बढाउन दबाव दिएको छ ।

नेपाल बैंकर्स संघसँग गत फागुन १४ गतेसम्म ३५.५ किलो मात्र सुन थियो । त्यो सुन पनि बिक्री भइसकेकाले अहिले संघसँग जगेडा सुन छैन् ।

यो हप्ता भित्रै संघले १०० केजी सुन ल्याउने तयारी गरेको छ । तर त्यो सुनले अहिले बजारको माग थेग्न नसक्ने नेपाल बैंकर्स संघका एक कर्मचारीले जानकारी दिए । ‘स्टकमा सुन नभएपछि बजारमा सुनको अभाव भएको छ,’ ती कर्मचारीले भने, ‘सुन निरन्तर आरोलो लाग्दै छ । तर बजारमा सुनको अभाव भएको छ ।’

अहिले दैनिक सुन बाहिरबाट आयात गरिन्छ । तर बजारमा सुनको माग भने दैनिक ३० किलोको हाराहारीमा छ । माग भन्दा आयात कम भएकाले सुनको अभाव देखिएको व्यवसायीको भनाइ छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।