ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन मिति दुई दिन अघि सर्यो

Mar 02, 2021 03:50 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणकाे लागि निष्काशन गर्न लागेकाे प्राथमिक शेयर (आईपीओ) काे निष्काशन मिति परिवर्तन भएको छ । कम्पनीको आईपीओ निष्काशन मिति दुई अघि सरेर फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुने भएको हो ।

सिडिएस एण्ड क्लियरिङको आग्रहमा कम्पनीको शेयर निष्काशन मिति अघि सरेको हो । सिडिएसले काराेबार समयमा चाप आउन सक्ने भन्दै शेयर निष्काशन मिति सार्न आग्रह गरेको थियो ।  

त्यस सम्बन्धमा बुधबार कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सूचना प्रकाशन गर्ने जनाएकाे छ ।

यस अघि कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाएको थियो । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।