काेराेनाका कारण सन् २०५० सम्ममा विश्वका एक चौथाई जनसंख्याकाे श्रवण शक्तिमा समस्या देखिन सक्ने

Mar 02, 2021 04:47 PM Merolagani

विश्व स्वास्थ्य संगठनले विश्व यस वर्ष पनि कोरोना भाइरसबाट मुक्त नहुने बताएको छ । डब्लूएचओ एमरजेन्सी निर्देशक माइकल रेयानले सोमबार यस्तो चेतावनी दिएका हुन् ।

उनले विश्वले यस वर्ष कोरोनासँगको युद्ध जित्ने बारेमा सोच्नु गलत हुने बताएका छन् । तर अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्युलाई कम गरेर यसको त्रासबाट बाहिर निक्लन सकिने पनि उनले जानकारी दिएका छन् ।

पछिल्लो साता विश्वमा कोरोना संक्रमितको संख्या बढेको छ । यसबाट सबैले पाठ सिक्नुपर्ने विश्व स्वास्थ्य संगठनकाे भनाई छ ।

संगठनका महानिर्देशक ट्रेडोस गेब्रेसियसले गत साता युरोप,अमेरिका र दक्षिण पुर्व एशियाका राष्ट्रहरुमा कोभिड १९ संक्रमित बढेको सूचना दिएका छन् । कैयन् देशहरुमा कोरोना मापदण्डहरुमा भएको छुट यस निराशाजनक अवस्थाको कारण हुन सक्ने गेब्रेसियसले बताए । मानिसहरुले लापरवाही गरिरहेकाले कोरोना तिव्र रुपमा फैलिरहेको पनि उनले बताएका छन् ।

२०५० सम्ममा विश्वको एक चौथाई जनसंख्यामा श्रवणशक्तिमा समस्या उत्पन्न हुन सक्ने

विश्व स्वास्थ्य संगठनले एक नयाँ खतराको चेतावनी पनि दिएको छ । डब्लूएचओका अनुसार आउँदा केहि वर्षमा विश्वको एक चौथाई जनसंख्याकाे श्रवण शक्तिमा समस्या उत्पन्न हुने बताएको छ । यस सम्बन्धित जारी गरिएको एक प्रतिवेदनमा डब्लूएचओले सम्भावित जोखिमसँग जुध्नकालागि उपचार तथा जागरुकतामा धेरै लगानी गर्नुपर्ने र अहिलेदेखि नै सबै रणनितीको तयारी गर्नुपर्ने बतायो ।

डब्लूएचओको सो प्रतिवेदन अनुसार सन् २०५० सम्ममा विश्वमा जनसंख्याको ठुलो हिस्सा नसुन्ने समस्याबाट ग्रस्त हुन सक्नेछन् र साेहिकारण अहिलेदेखि नै सावधानी अपनाउनुपर्ने आवश्यकता देखिन्छ । संगठनले पहिलोपटक यस्तो प्रतिवेदन जारी गरेको हो जसमा संक्रमण, रोग, जन्मजात समस्या, ध्वनी प्रदुषण र जीवनशैलीका कमी कमजोरीहरुले अवस्था बिग्रन सक्ने भनिएको छ ।

यसैगरी उक्त प्रतिवेदनमा यस समस्याको निवारणका लागि प्रतिव्यक्ति १.३३ डलरको खर्च हुने भएकाले आवश्यक उपायहरु सुझाइएको छ । विश्व स्वास्थ्य संगठनले समयमा नै यसबारेमा कदम नउठाइएमा अवस्था निकै खराब हुने र यस संकटबाट स्वास्थ्य क्षेत्रसँगसँगै संचार,शिक्षा र रोजगारीका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिएको छ ।

आउँदाे समयमा संख्या १.५ गुणाले बढ्न सक्ने

अहिले विश्वमा २० प्रतिशत मानिस सुन्न सक्ने क्षमतामा कमीकाे समस्याबाट पिडित रहेका छन् । आउने समयमा यस्ता मानिसहरुको संख्या १.५ गुणाले बढ्न सक्ने सो प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ मा उक्त तथ्यांक १.६ बिलियन थियो, जुन २०५० सम्ममा बढेर २.५ बिलियन पुग्ने आशंका गरिएको छ । ती मध्ये ७०० मिलियन मानिसमा सुन्न नसक्ने गम्भीर समस्या भोग्नुपर्ने र व्यापक रुपमा उपचार गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा लेखिएको छ ।

समयमा उपचार नपाउँदा र सबैमा उपचारको पहुँच नहुँदा यस्ता समस्या बढिरहेको छ । विशेषगरी कम आम्दानी भएका देशहरुमा आवश्यक सुविधा तथा समयमा सहयोग नपाइने देखिन्छ । जसकारण अवस्था थप खराब हुन सक्नेछ ।

डब्लूएचओले सुझायाे यस्ताे उपाय

विश्व स्वास्थ्य संगठनको प्रस्तावित उपायहरुमा भ्याक्सिनको प्रयोग तथा सार्वजनिक स्थानहरुमा ध्वनी प्रदुषणमा कमी उल्लेख गरिएको छ । यसका साथै डब्लूएचओले समस्याको पहिचानकालागि व्यवस्थित स्क्रिनिंगको पनि सुझाव दिएको छ ।

डब्लूएचओका महानिर्देशक गेब्रेससले भने, 'एक अनुमानका अनुसार हाम्रो सामूहिक विफलताका कारण हियरिंग लससँग लड्नकालागि एक ट्रिलियन अमेरिकी डलरको नोक्सानी भइरहेको छ । हामीले यस सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेबाट नै यसको विरुद्ध अभियान चलाउनु पर्ने छ ।'

( एजेन्सीकाे सहयाेगमा । )

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।