लाभांश प्रस्ताव पारित गर्न स्वाबलम्बनले डाक्यो साधारण सभा

Mar 03, 2021 08:27 AM Merolagani



स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत ११ गते उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा अम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

यसका साथै सो सभाले लघुवित्तको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। त्यसैगरी, सभाले सर्वसाधारण तर्फबाट १ जना सञ्चालकको नियुक्ति पनि गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार फागुन २६ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।