म्युचुअल फण्डमा आकर्षण बढीरहेको समयमा अर्को म्युचुअल फण्ड निष्काशन गर्दै सनराइज क्यापिटल

Mar 03, 2021 09:10 AM Merolagani



पछिल्लो समय नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहँदा सनराइज क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले सनराइज ब्लूचिप फण्ड निष्काशन गर्न लागेको हो।

सो फण्डको इकाईका लागि चैत १ गतेदेखि आवेदन दिन सकिनेछ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यसअघि सनराइज क्यापिटलले यस अघि सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो।

यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको इकाईमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा चैत १६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।