मल्टीपर्पस फाइनान्सले संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने

Mar 03, 2021 09:54 AM Merolagani



मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) ले संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

फाइनान्सले १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। सो शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा फाइनान्सको केन्द्रिय कार्यालय, राजविराज, सिभिल बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट तथा घोराही शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।