अघिल्लो दिन गिरावट भएको सुनचाँदीको मूल्य वृद्धि, ताेलाकाे कति ?

Mar 03, 2021 11:42 AM Merolagani



अघिल्लो दिन गिरावट भएको सुनचाँदीको मूल्य वृद्धि भएको छ । फागुन १९ गते, बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक हजार ७०० रुपैयाँले गिरावट भएर प्रतितोला ८७ हजार रुपैयाँ पुगेको थियो ।

यसैगरी बुधबार तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउमा पनि यस दिन बढोत्तरी भएको छ । महासंघको तथ्याङ्क अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ४० रुपैयाँले ओरालो लागेर एक हजार २९० रुपैयाँमा झरेको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने मार्च ३, बुधबार सुनचाँदीको भाउमा गिरावट देखिएको छ । सो बजारमा सुन प्रति अउन्स ३ डलर भन्दा धेरैले घटेर एक हजार ७३३ डलर बराबरमा कारोबार भइरहेको छ ।

चाँदी पनि सामान्य रुपमा ओरालो लागेर प्रति अउन्स २६ डलरमा किनबेच हुँदैछ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।