अघिल्लो दिन गिरावट भएको सुनचाँदीको मूल्य वृद्धि, ताेलाकाे कति ?

Mar 03, 2021 11:42 AM Merolagani



अघिल्लो दिन गिरावट भएको सुनचाँदीको मूल्य वृद्धि भएको छ । फागुन १९ गते, बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक हजार ७०० रुपैयाँले गिरावट भएर प्रतितोला ८७ हजार रुपैयाँ पुगेको थियो ।

यसैगरी बुधबार तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउमा पनि यस दिन बढोत्तरी भएको छ । महासंघको तथ्याङ्क अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ४० रुपैयाँले ओरालो लागेर एक हजार २९० रुपैयाँमा झरेको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने मार्च ३, बुधबार सुनचाँदीको भाउमा गिरावट देखिएको छ । सो बजारमा सुन प्रति अउन्स ३ डलर भन्दा धेरैले घटेर एक हजार ७३३ डलर बराबरमा कारोबार भइरहेको छ ।

चाँदी पनि सामान्य रुपमा ओरालो लागेर प्रति अउन्स २६ डलरमा किनबेच हुँदैछ ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।