सुनको आपूर्ति तत्काल वृद्धि गर्न माग

Mar 03, 2021 11:46 AM Merolagani



बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृर्जना भइसकेको भन्दै तत्काल कोटा वृद्धि गर्न माग गेको हो ।

ब्यवसायीसँगको भेटपछि सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता बताए । उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताए । सचिव भट्टराइले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तचर्फपनि सरकार सचेत रहेको उल्लेख गर्दै ब्यवसायीका माग सिघ्र सम्वोधन गर्ने प्रतिवद्धता जनाए ।

सचिव भट्टराइले सुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भइसकेकोे उल्लेख गर्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिवद्ध रहेको बताए । सुनचाँदी ब्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको ब्यवस्था गर्न, रोजगारीका अवसर बढाउन, सुनका गरगहना निर्यातकालागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा ब्यवसायीहरुका तर्फवाट अगाडि सारिएका अन्य मागहरुलाई सम्वोधन गर्न आफूले सम्वन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

त्यस क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याए । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।