नागरिक एप चलाउन एनसेल र टेलिकमको निशुल्क डेटा

Mar 03, 2021 12:41 PM Merolagani



सरकारले गत महिना सार्वजनिक गरेको नागरिक एप सेवा लिनको लागी नेपालका दुई ठूला दूरसञ्चार कम्पनीहरुले निशुल्क डेटा उपलब्ध गराएका छन् ।

निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल आजियाटा र सरकारी स्वामित्व प्राप्त टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप चलाउँदा डेटा शुल्क नलाग्ने बनाएका हुन ।

एनसेलले मंगलबार देखि यस्तो सेवा उपलब्ध गराएको छ भने टेलिकमले यस अघि नै नागरिक एपको लागी निशुल्क डेटा उपलब्ध गराउदै आएको थियो ।

नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । सम्पूर्ण सरकारी सेवालाई समेट्ने गरी सरकारले सार्वजनिक गरेको यो एपमा नागरिकको सरल पहुँच र सर्वसलभ बनाउँन नेपाल दूरसञ्चार प्राधिकरणलेपनि सेवाप्रायकलाई निशुल्क डेटा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

अब भने नागरिक एक चलाउन कुनै डेटा शुल्क लाग्ने छैन् । टेलिकमले परिपत्र जारी हुनुअगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको थियो ।

टेलिकम मार्फत विभिन्न सरकारी वेवसाइट खोल्न र प्रयोग गर्नुपरेमापनि कुनै डेटा शुल्क लाग्दैन । यस अघि कोरोना भाइरसका कारण लकडाउनमापनि टेलिकम कम्पनीहरुले निशुल्क तथा सस्तो दरमा भ्वाइस डेटा सेवामा उपलब्ध गराएको थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।