बुक बिल्डिङमा जान लागेको सर्वोत्तम सिमेन्टले अनुमानित मूल्य ७५० रुपैयाँ राख्यो, क्युआइआइबाट मूल्य आउन वाँकी

Mar 03, 2021 01:49 PM Merolagani



बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर बिक्री गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको जनाएको छ। तर उसले अनुमान गरेको मूल्य भने क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर )बाट अनुमोदन हुन भने बाँकी रहेको कम्पनीले जनाएको छ।

"हामीले हाम्रो शेयरको अनुमानित प्रति कित्ता मूल्य कम्तीमा ७५० रुपैयाँ राखेर क्युआइआइ सामु प्रस्ताव गर्दैछौ," सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले मेरोलगानीसँग भने।

बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार नियमावलीको अनुसूची ५ बमोजिम विवरण पत्र र उक्त विवरण पत्रमा आफ्नो अनुमानित मूल्य र मुल्याङ्कनको आधार र औचित्य खुलाइ क्युआइआइ सामु दाबी गर्नुपर्छ। तर कम्पनीले दाबी गरेको मूल्यकै आधारमा उनीहरूले लिने वा त्यो भन्दा कम मूल्यमा बोली लगाउने भन्ने यकिन भने क्युआइआइले गर्ने गर्छन्। उक्त प्रक्रियाको लागि कम्पनीले काम शुरु गरिसकेको छ। क्युआइआइको प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने दाहालले बताए।

बोर्डले दिएको स्वीकृतिको आधारमा क्युआइआइले ४० प्रतिशत र एनआइआइ (नन् इन्टिच्युसनल इन्भेष्टर) ले ६० प्रतिशत पाउनेछन्। क्युआइआइको लागि तय भएको मूल्यमा १० प्रतिशत कम गरी एनआइआइले शेयर पाउने छन्। एनआइआइको लागि कम्तीमा ५० कित्ता दिनुपर्नेछ। त्योभन्दा घटी सर्वसाधारणले पाउने छैनन्। गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि शेयर प्राप्त गर्ने सर्वसाधारणले ५० कित्ता शेयर पाउनेछन्।

कम्पनीले ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ। त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।