ओरियो बिस्कुटले लगायाे पारलेमाथि मुद्दा

Mar 03, 2021 03:55 PM Merolagani

ओरियो बिस्कुटले पारले बिस्कुटमाथि उच्च अदालतमा मुद्दा दायर गरेको छ । ओरियोले पारलेको फ्यबियो बिस्कुटको डिजाइन दुरुस्तै ओरियोको भएको आरोप लगाएको छ । 

यसभन्दा अघि पनि भारतमा कैयौं कम्पनीहरुको बिस्कुटको डिजाइनलाई लिएर मुद्दा चलिरहेको छ ।

दिल्लीको उच्च अदालतमा हुनेछ सुनुवाई

यस केसमा दिल्ली उच्च अदालतले अप्रिल १२ मा सुनुवाई गर्ने निर्णय गरेको छ । अमेरिकाको माेन्डलिज इन्टरनेशनलको युनिट इन्टरकन्टिनेन्टल गेट ब्रान्ड्सले ट्रेडमार्कको उल्लंघनको मुद्दा दायर गरेको हो । यसअघि फेब्रुअरी ९ मा यसको सुनुवाई भएको थियो । उच्च अदालतले ओरियोका वकिलको छिटो सुनुवाई गर्ने अपिल खारेज गरिदिएर आउँदो सुनुवाई अप्रिलमा नै गर्ने बताएको छ ।

१० वर्ष पहिले लञ्च भएको थियो ओरियो

मोन्डलिजले भारतमा करिब १० वर्षअघि ओरियोको लञ्च गरेको थियो । पारलेले भने गत वर्षको जनवरीमा फ्याबिओ ल्याएको हो । ओरियोले हालसम्ममा यस ब्राण्डका धेरै प्रकारहरु सार्वजनिक गरिसकेको छ । जसमध्ये चोको क्रिम, ओरियो भ्यानिला ओरेन्ज क्रिम र स्ट्रबेरी छ ।

पारलेको प्रिमियम सेग्मेन्टमा एन्ट्रि

वास्तवमा पारले जी एकदम सस्तो र ग्लूकोज बिस्कुटका नाममा चर्चित छ । विशेष गरी गाउँघरमा यसको निकै प्रयोग हुने गर्दछ । यद्यपी पछिल्लो १०/१५ वर्षमा सहरी क्षेत्रमा यस बिस्कुटलाई प्रिमियम बिस्कुटहरुसँग प्रतिस्पर्धा चलिरहेको छ । विशेषगरी ब्रिटानिया, मोन्डलिज, आईटिसी जस्ता कम्पनीहरु सहरी क्षेत्रमा प्रिमियम बिस्कुटहरुमा केन्द्रित रहेका छन् । जसकारण पारलेले यस प्रिमियममा आफ्नो अवस्था बलियो बनाउनकालागि यस्तो महंगो बिस्कुटमा प्रवेश गरेको छ ।

१९२८ मा भएको थियो हाउस अफ पारलेको सुरुवात

सन् १९२८ मा हाउस अफ पारलेको सुरुवात गरेको थियो । यसका संचालक मोहन दयाल चौहानले १८ वर्षको उमेरमा आफ्ना करियरको सुरुवात एक गार्मेन्ट कम्पनीबाट गरेका थिए तर पछि उनले आफ्नो व्यापार विस्तारका क्रममा अन्य कैयन् व्यापारको सुरुवात गरे । हाल भारतमा पारलेजीको १३० भन्दा धेरै उद्योग र ५० लाख खुद्रा भण्डार रहेका छन् । हरेका महिना पारले जीको १ अर्ब भन्दा धेरै बिस्कुट उत्पादन हुने गर्दछ ।

( एजेन्सीकाे सहयाेगमा ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।