३९ अंकले घट्यो नेप्से, ६ अर्ब बढीकाे काराेबार

Mar 03, 2021 03:32 PM Merolagani



बुधबार कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको छ। पछिल्लो केही दिनदेखि निरन्तर घट्दाे क्रममा रहेको नेप्से सूचक बुधबार पनि घटेको हो। यस दिन सेन्सेटिभ सूचक पनि ७.१२ अंकले घटेको छ।

यस दिन २१२ वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा व्यापार उपसमूहको सूचक बढेको छ भने चन्द्रागिरीको शेयरमूल्य बढ्दा होटल तथा पर्यटन उपसमूहको सूचक बढेको हो।

यस दिन चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर र नेश्नल हाइड्रो पावरको पनि क्रमशः ८.१६ प्रतिशत र ४.९३ प्रतिशतले बढेको छ।

यस दिन एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ६.०६ प्रतिशतर नेपाल दुरसञ्चार कम्पनीको ५.७४ प्रतिशतले घटेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २९ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एशियन लाइफको २८ करोड ९ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३९ कम्पनीको शेयरमूल्य घटेको छ भने २९ कम्पनीको शेयरमूल्य बढेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।