रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Mar 05, 2021 08:46 AM Merolagani



रु रु जलविद्युत परियोजना लिमिटेडले फागुन ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गरेको हो।

अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने

स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उद्देश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ।

आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ। यस्तै स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा नै शेयर निष्काशन हुने हुँदा त्यस क्षेत्रका बासिन्दाले सर्वसाधारणका लागि निष्काशन हुने साधारण शेयरमा आवेदन गर्न समेत बन्देज लगाइने गरिएको छ।

कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन?

स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।

आईपिओ रेटिङ्गमा मध्यम

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित जनाउँछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।