नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

Mar 05, 2021 03:50 PM Merolagani



सरकारले नेपालमै मोबाइल,ल्यापटपको एसेम्बल उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको छ । बिदेशबाट आयात भइरहेको अर्बाैं रकमका मोबाइललाई नेपालमै उत्पादन गर्ने यस्तो तयारी थालिएको हो ।

नेपालमा मोबाइल एसेम्बल लामो समयदेखि चर्चाको बिषय बन्दै आएपनि अब सरकारले तीब्र प्रक्रिया अघि बढाएको छ ।

एसेम्बल गर्नेगरी नेपालमा उद्योगहरु घमाधम खुल्ने क्रममा छन भने कति उत्पादन भइरहेका छन् । नेपालमा बार्षिक अबौं रकमका लाखौं मोबाइल नेपालमा आयात हुँने गरेको छ । अहिले सबै नेपालीको हातमा स्मार्टफोन र इन्टरनेट देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमै मोबाइलको उत्पादन गर्ने बिषयमा अध्ययन थालिएको बताए ।

‘नेपालमा नै मोबाइलको एसेम्बलिङ तथा रिफुर्बिस गर्ने लगाएतको सम्भावित उद्योग जन्य ब्यबसाय मार्फत रोजगारी तथा आय आर्जनमा टेवा पुग्ने सम्बन्धित कार्यको लागि अध्ययन थालिएको छ’ उनले भने ।

भन्सार विभागको पुस महिना सम्मको तथ्याङ्क हेर्दा २४ अर्बको मोबाइल फोन आयात भएको छ । पछिल्लो समय नेपालमा मोबाइल फोनको प्रयोग उच्च दरमा बढिरहेको कारण पनि नेपालमा मोबाइल तथा ल्यापटपको एसेम्बल उत्पादन हुनु जरुरी गरेको सरोकारवाला बताउदै आएका छन् ।

अहिलेको अवस्थामा नेपालमै मोबाइल एसेम्बल उत्पादन भयो भने नेपाली ग्राहकले केहि सस्तो दरमा भएपनि मोबाइल फोन खरिद गर्न सक्ने छन ।

विश्वव्यापी रुपमा बढ्दो प्रविधिको कारण मोबाइल, ल्यापटप, अटो, ट्यावलेट जस्ता बिषय अपरिहार्य जस्तै भएको छ । जसको कारण नेपालमा पनि यस्ता समाग्रीको उत्पादनमा जोड दिन आवश्यक रहेको प्राधिकरणको भनाई छ ।

नेपालमा प्राय विदेशी व्रान्डकै समाग्रीको एकाधिकार छ । विदेशी ब्रान्डको एकाधिकारले नेपाली प्रोडक्ट पनि ओझेलमा पर्नेगरेका छन् । हाल प्राधिकरणले नेपालमा आयात भइरहेको मोबाइलहरुलाई कसरी,कुन मोडलको उत्पादन मोडमा जाने भन्ने बिषयमा अध्ययन भइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

‘हामी मोबाइल व्यवसायी तथा सरकारसँग यो बिषयमा छलफलको क्रममा छौं’ उनले भने बार्षिक अबौं रुपैयाँका आयात हुँने मोबाइललाई नेपालमै एसेम्बल उत्पादन गर्न सक्यौ भने सकारात्मक प्रभाव पर्छ’ ।

यस अघि नेपालमा विभिन्न समाग्रीका एसेम्बल प्लान्ट उत्पादन सुरु भइसकेका छन् । नेपालमा अहिले बजाज मोटरसाइकल, टिभिएस मोटरसाइकल, सेटअप बक्स लगाएत एसेम्बल उत्पादन भइरहेका छन् ।

के भइरहेको छ प्रक्रिया ?

प्राधिकरणले मोबाइलको उत्पादनको सम्भावना बार छिटै अध्ययन गरेर अघि बढ्ने तयारी गरेको छ । उत्पादनसँगे मोबाइल फोनलाई रिफर्बिस गर्न सकिन्छ वा सकिदैन भनेरपनि तिव्र अन्तराष्ट्रिय अभ्यासलाई हेरिरहेको छ ।

रिफर्बिस भनेको पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य भने बिझिन्छ । मोबाइल फोन उत्पादन गर्ने बिषय अध्ययनको लागी अध्ययनका लागि प्राधिकरणले कार्यदल नै गठन गरिसकेको छ ।

जसमा अर्थ मन्त्रालयका प्रतिनिधि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, मोबाइल इम्पोटर्स एशोसियसनका प्रतिनिधि, स्वतन्त्र विज्ञ र प्राधिकरणका प्रतिनिधि रहेका छन् ।

यसबाट अन्तर्राष्ट्रिय अभ्यास, अहिलेको अवस्था, नेपाल सरकारको कर व्यवस्था लगायतका अन्य आवश्यक कागजातको अध्ययन गरी एक प्रतिवेदन तयारी छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।