यसकारण नेपालमा सफल र लोकप्रिय छ बजाज ‘पल्सर’

Mar 06, 2021 02:08 PM Merolagani

नेपाली बजार पल्सरमय नै छ ।  गाउँ होस या शहर बजाज मोटरसाइकल नपुगेको र नगुडेको ठाँउ छैन । 

बार्षिक रुपमा नेपाल भित्रने मोटरसाइकल मध्ये बजाज बाइक नै सार्वधिक नेपाली बजारमा आयात हुने गरेको छ । नेपालमा बजाज पल्सरले एकाधिकार नै कायम गरेको छ भन्दा फरक पर्दैन ।

 

कारण, १५० र २०० सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोटरसाइकलमा बजाज नै रहेको छ । पल्सर नामले सजिलै चिन्न सकिने यी बाइक फरक बिशेषता र अपग्रेड भर्सनका कारण ग्राहकको आकर्षण नै बन्ने पुगेका छन ।

नेपालको चर्चित र पुरानो औद्योगिक घराना गोल्छा समुहले २००१ देखि नेपालमा बजाजको उत्पादन बिक्री गर्दै आएको छ ।

बजाज मात्रै होइन,पछिल्ला बर्षहरुमा केटिएम,हुस्कभर्ना बाइकपनि विक्री गर्दै आइरहेको छ । नेपालको भौगोलिक अवस्थालाई सुहाउदो भएका कारणपनि पल्सर बाइक युवादेखि वयस्कसम्मको रोजाइमा पर्ने गरेको छ ।

खासगरी हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा विक्री गर्ने बजाजका मोटरसाइकल शहरी, तराई, पहाडी र हिमाली सबै क्षेत्रमा चलाउन सुहाउँदो छ । त्यसकारण बजाज बाइक सफल हुनुको केहि तथ्यमा चर्चा गरेका छौं ।

२० बर्षमा बजाजले नेपालमा नयाँ रेकर्ड र ठूलो लोकप्रियता नै कायम गरेको छ । दुई दशकमा बजाज पल्सरले यस कारण नेपालमा एकाधिकार कायम गरिरहेको पाइन्छ । भनिन्छ, ब्रान्ड नै सबैभन्दा ठूलो बिषय हो ।

सबैको मन मस्तिस्कमा पुर्याउन सक्यो भने त्यो प्रोडक्ट सफल हुन्छ ।  पल्सर मोटरसाइकलपनि उपभोक्ताको मस्तिस्कमा नपुगेको ठाउँ छैन जसको कारणपनि बजाज सफल छ ।

ब्राण्ड पोजिसनले पनि विजनेशलाई प्रभाव पर्ने गर्छ । अहिले बच्चादेखि वृद्धसम्मले मोटरसाइकल भन्ने वित्तिकै पलसरलाई नै चिन्ने गर्छन । त्यस्तै युवाको चासो रहने क्षेत्रमा लगानी गदै आएको कारणपनि सफल छ ।

त्यस्तै अन्य मोटरसाइकल ब्रान्डको तुलनमा बजाज पल्सरको मुल्य कम रहेको कारणपनि एक हो । उही क्षमताको अन्य कम्पनीको मोटरसाइकलको मुल्य बढी भएपनि बजाजको कम छ ।

 

 

यो बाइकको सबैभन्दा महत्वपूर्ण पाटो नै स्टाइलिस डिजाइन र पावर नै हो । पावरकै कारण एनएस २०० र पल्सर २२० सार्वधिक रुचाइएको पाइन्छ ।

झन पछिल्लो समय एबीएस र नयाँ डिजाइनका कारण झन लोकप्रिय बन्न पुगेको छ । अहिले त झन पल्सर १५० सेग्मेन्टपनि नयाँ डिजाइनमा आएको छ ।

बलियो विक्री केन्द्र र सर्भिस नेटवर्कले पनि बजाजलाई अब्बल बनाएको छ । बजाज नेपालमा सबैभन्दा ठूलो विक्री तथा सर्भिस नेटवर्क भएको कम्पनी हो । हाल नेपालमा झन्डै १०० स्थानमा बजाजले आधिकारीक विक्री र सर्भिस केन्द्र स्थापना गरिसकेको छ ।

त्यसैगरी बजाज मोटरसाइकलको पार्टस् र सामान पनि आवश्यकता अनुसार उपलब्ध र सस्तो छ ।
बजाजले केहि बर्षदेखि नेपालमै मोटरसाइकलहरु एसेम्बल गरिरहेको छ । जसले नेपालमा बजाजलाई बलियो बनाएको छ ।

बजाज मोटरसाइकलको नेपाली सडकमा उपस्थिति बढी नै रहेको छ । यसले पनि बजाज मोटरसाइकलको पर्फमेन्स राम्रो र उब्बल तुल्याएको छ ।

खासगरी बजाज बाइकको रिसेल भ्यालु राम्रो रहेको कारण पनि धेरै रोजाइमा परेको छ । बिशेषगरी बजाज मोटरसाइकलका एनएस २००, पल्सर २२० एफ, पल्सर १५० नेपाली बजारमा बढी लोकप्रिय छ ।

गत केहि हप्ता अघि मात्रै सार्वजनिक भएको बजाज डोमिनारले पनि नेपाली बजारलाई तताइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।