ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा पाँच घण्टामा झण्डै डेढ लाखले दिए आवेदन

Mar 05, 2021 05:31 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा शुक्रबार दिउसाे ३ बजेसम्ममा झण्डै डेढ लाख आवेदकले शेयर खरिदकाे लागि आवेदन गरेका छन्।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ३ बजेसम्ममा १ लाख ३८ हजार ०६३ जना आवेदकले ३५ लाख १४ हजार ६२० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। याे सर्वसाधारणामा निश्कासन गरिएकाे कुल शेयरकाे ५९.६० प्रतिशत हाे। 

इन्स्योरेन्सले सर्वसाधरणको लागि फागुन २१ गतेदेखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।

कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी (आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेकोे जनाउँछ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।