अन्य कम्पनीको तुलनामा बैंकहरुको शेयर मूल्य अझै कम, खरिद गरेको शेयर एक वर्ष पाल्न सके ‘उच्च प्रतिफल’

Mar 06, 2021 10:03 AM Merolagani

 

नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयर मूल्य अझै पनि कम छ । वाणिज्य बैंक बाहेकका कम्पनीको शेयर मूल्य बढेका कारण २५०६.६८ विन्दुमा पुगे पनि वाणिज्य बैंकहरुको शेयर मूल्य भने अझै पनि बढ्न सकेको छैन् ।

नेप्सेमा सूचीकृत बीमा, लघुवित्तलगायतका समूहको शेयर मूल्य बढेका कारण नेप्से २५०० माथि पुगेपनि वाणिज्य बैंकको शेयर मूल्य भने अझै बढ्न बाँकी रहेको नेपाल इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘अरु सेक्टर बढेर नेप्से २५०० सय अंक माथि पुगे पनि वाणिज्य बैंकको शेयर मूल्य भने अझै बढ्न सकेको छैन्,’ उनले भने, ‘उच्च ग्रोथ गरेका, एपिएस राम्रो भएका र नेटवर्क राम्रो भएका वाणिज्य बैंकको शेयर छानेर किन्ने हो भने अझै नाफा लिन सकिन्छ ।’

वाणिज्य बैंकहरुबीचमा पनि तुलनात्मक रुपमा अध्ययन गरेर शेयर खरिद गर्ने हो भने अझै बढी नाफा लिन सकिने पनि उनले बताए । ‘वाणिज्य बैंकहरुले व्यापार बढाउँदै लगेको र कमाइ पनि राम्रो भइरहेकाले आउने वर्ष लाभांश अझै राम्रो वितरण गर्न सक्ने अवस्था देखिन्छ,’ अध्यक्ष रौनियारले भने, ‘वाणिज्य बैंकहरुले आगामी चैतसम्मको अर्थात तेस्रो त्रैमाससम्मको नाफा राम्रै हुने अनुमान गरेका छौं ।’

अहिले शेयर खरिद गरेर एक बर्ष पाल्न सके उच्च प्रतिफल पाइने निश्चित जस्तै भएको छ । वाणिज्य बैंकहरुले २०७६ मा सरदर १५ प्रतिशत लाभांश वितरण गरेका थिए । २०७७ मा वाणिज्य बैंकहरुले सरदर १३ प्रतिशतको हाराहारीमा लाभांश वितरण गरिसकेका छन् । तर २०७८ मा वाणिज्य बैंकहरुले २०७७ मा भन्दा अलि बढी बाढ्ने सम्भावना देखिएको बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् ।

‘कोभिडको असरमा पनि २०७८ मा वाणिज्य बैंकहरुले सरदरमा १४ प्रतिशत लाभांश वितरण गर्ने सम्भावना छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘तर २०७९ मा गएर बैंकहरुको व्यापारको आकारसँगै लाभांश पनि अझै बढ्ने छ ।’

वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको पुसमा सम्पूर्ण बैंकिङ क्षेत्रको एनपिए १.४ देखि १.५ थियो । कोभिडका कारण एनपिए अहिले १.७५ प्रतिशतको हाराहारीमा पुगेको छ । एनपिए १.७५ बाट फेरि फर्केर कोभिड भन्दा अगाडिको अवस्थामा पुग्न सक्ने सम्भावना देखिएको छ ।

एनपिएमा गएको रकम फर्कन सक्ने सम्भावना धेरै भएकाले पनि बैंकको नाफा आगामी वर्ष अझै बढ्ने सम्भावना रहेका बैंकका सिइओहरु बताउँछन् । अहिले बैंकहरुले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेको ऋणमा ५ प्रतिशत प्रोभिजनिङ गरेका छन् । त्यसरी पोभिजनिङ गरेका रकम २०७८ मा फिर्ता आउन सक्छ । त्यसले गर्दा पनि बैंकको नाफा बढने सम्भबना छ । अहिले बैंकले कमाएका त छन् । तर त्यो पैसा कोटको अर्को खल्तीमा राखेकाले वितरण गर्न सकिरहेका छैनन् ।

पछिल्लो समय बैंकहरुले कर्जा लगानी अत्याधिक बढाएका छन् । फागुन १४ सम्म वाणिज्य बैंकहरुले ३८ खर्ब ९ अर्ब निक्षेप संकलन गरी ३३ खर्ब ६२ अर्ब लगानी गरेका छन् ।

एक दुई महिनायता कर्जा लगानी अचाक्लि बढेको नेपाल बैंकर्स संंघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले ऋणको बृद्धि ऐतिहासिक छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘यसरी कर्जा प्रवाह बढेको मलाई अहिलेसम्म थाह थिएन ।’

शेयर मूल्य पनि अन्य (बीमा, लघुवित्तलगायत)का कम्पनीहरुको भन्दा वाणिज्य बैंकहरुको कम नै भएको दाहालको पनि भनाइ छ । ‘सानिमा बैंककै कुरा गर्ने हो भने प्रति शेयर आम्दानी २२ रुपैयाँ छ तर हाम्रो शेयरको मूल्य चार सय रुपैयाँ भन्दा कम छ,’ उनले भने, ‘हाम्रो भन्दा कम प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर मूल्य ६/७ सय रुपैयाँ छ ।’

नेप्से (२५०० विन्दु) बाट पुनः उकालो लागेमा आम्दानी हुने छदै छ । तर, शेयर बजार यतिकै अंकमा रहेपनि वाणिज्य बैंकले अगामी दिनमा उच्च लाभांश दिन सक्ने देखिएकाले लगानीकर्ताले उच्च लाभांश पाउने सम्भावना छ ।

वाणिज्य बैंकले सार्वजनिक गरेको पुससम्मको तथ्यांकले अर्को वर्ष लगानीकर्तालाई राम्रै प्रतिफल दिने देखिन्छ । वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्ष भन्दा बढेको छ । यसले पनि वाणिज्य बैंकले अर्को वर्ष बढी लाभांश दिने सम्भावना देखिएको हो ।

वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब माथि पुर्याइसकेका छन् । तर, राष्ट्र बैंकले आगामी वर्ष बैंकहरुको चुक्ता पुँजी बढाउने भित्री तयारी पनि गर्दै छ । हकप्रद शेयर जारी नगरी वोनस वा मर्जर र एक्विजिसनको माध्ययबाट चुक्ता पुँजी बढाउने योजना राष्ट्र बैंकले बनाइरहेकोे छ ।

चुक्ता पुँजी बढ्यो भने त लगानीकर्तालाई कागताली नै पर्ने भयो । यदि चुक्ता पुँजी पनि बढेन र अहिलेकै अवस्थामा नेप्से रहिरह्यो भने पनि अर्को साल बैंकहरुले दिने उच्च लाभांशले लगानीकर्ताले नाफा कमाउन सक्ने छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७ वटा (राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी नगरेकोले) वाणिज्य बैंकहरुले अर्को वर्ष लगानीकर्तालाई राम्रै प्रतिफल दिने देखिन्छ ।

बैंकहरु पुँजी बृद्धि गरिसकेको र व्यवसाय बृद्धि गरेकाले पनि प्रतिशेयर आम्दानीमा बृद्धि भएको बताउँछन् । आगामी बर्ष बैंकहरुले पनि पुँजी बढाउँदै लाने रणनीतिमा छन् । त्यस्तो नीतिले पनि बैंकहरुले अर्को वर्ष नगद भन्दा बोनसलाई जोड दिने सम्भावना बढी छ ।

लगानीकर्ताले नगद भन्दा बोनस प्राप्त गर्दा धेरै फाइदा हुने भएकाले पनि अर्को वर्ष शेयर लगानीकर्तालाई ‘सुनौलो वर्ष’ हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।