एनआईसी एशिया बैंक लिमिटेडको कम्पनी विश्लेषण

Mar 06, 2021 08:11 PM Merolagani



दोस्रो बजारका लगानीकर्ताहरुको रोजाइमा पर्ने कम्पनीहरुमध्येको एक कम्पनी हो, एनआईसी एशिया बैंक (NICA)। आक्रमक व्यवसाय विस्तार गर्दै उच्च नाफा आर्जन गर्नुका साथै लगानीकर्ताहरुलाई पनि राम्रो प्रतिफल दिइरहेका कारण यो बैंक लगानीकर्ताहरुको रोजाईमा पर्न सफल भएको हो।

यस साता बैंकको शेयरमूल्य १० रुपैयाँले घटेको थियो। गत साताको अन्तिम कारोबार दिन ९०५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साताको बिहीबार ८९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ९४० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ८६० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन बैंकको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी केही साँघुरिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बढ्न लागेको संकेत गर्दछ। ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा त्यसले बैंकको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता बैंकको भोल्युममा पनि कमी आएको छ। यस साता बैंकको दैनिक औषतमा २ लाख २१ हजार ७३९ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम २ लाख ६८ हजार ६७२ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १७.४७ प्रतिशत कम हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७२ करोड ८१ लाख ९४ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ६६ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६४ पैसा रहेको छ। त्यसैगरी, गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको पीई रेशियो २५.११ गुणा रहेको छ। बैंकको बुकभ्यालु १६६ रुपैयाँ ३२ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.३८ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई २१.४३ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन बैंकको आरएसआई ५१.६५ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा बैंकको शेयरमूल्य बुलिश ट्रेण्डमा रहेको देखिन्छ।

हाल नेप्सेमा बैंकको ११ करोड ५६ लाख ४० हजार ५३ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ७३२ रुपैयाँ ६९ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ९६३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४४८ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण १ खर्ब ३ अर्ब ४८ करोड ७८ लाख ४८ हजार रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।