१० मेगावाट भन्दा कमका जलविद्युत आयोजनालाई पुनर्कर्जा दिने बाटो खुल्यो

Mar 07, 2021 05:35 PM Merolagani



नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा पहिलो संशोधन गर्दै १० मेगावाट भन्दा कमको जलविद्युत आयोजनाहरुले पनि पुनर्कर्जा लिन पाउने व्यवस्था गरेको छ। । केन्द्रीय बैंकले २०७७ साउनमा जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षामा १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने उल्लेख थियो । सोहि अनुसार केन्द्रिय बैंकले कार्यविधिमा संशोधन गरेको हो।

त्यसैगरी केन्द्रिय बैंकले ऋणीको माग, आवश्यकता र औचित्यको आधारमा पुनर्कर्जाका सीमा हेरफेर गर्न सक्ने व्यवस्था गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।