१० मेगावाट भन्दा कमका जलविद्युत आयोजनालाई पुनर्कर्जा दिने बाटो खुल्यो

Mar 07, 2021 05:35 PM Merolagani



नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा पहिलो संशोधन गर्दै १० मेगावाट भन्दा कमको जलविद्युत आयोजनाहरुले पनि पुनर्कर्जा लिन पाउने व्यवस्था गरेको छ। । केन्द्रीय बैंकले २०७७ साउनमा जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षामा १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने उल्लेख थियो । सोहि अनुसार केन्द्रिय बैंकले कार्यविधिमा संशोधन गरेको हो।

त्यसैगरी केन्द्रिय बैंकले ऋणीको माग, आवश्यकता र औचित्यको आधारमा पुनर्कर्जाका सीमा हेरफेर गर्न सक्ने व्यवस्था गरेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।