डिप्रोक्स लघुवित्तकाे १९औं वार्षिक साधारण सभा आह्वान, २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

Mar 07, 2021 06:56 PM Merolagani

डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले (DDBL) चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा,चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको सो साधारण सभाले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश समेत गरि कुल २० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा हाल कायम चुक्ता पूँजी एक अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ ५१ पैसाको १५ प्रतिशत अर्थात् १५ लाख ८ हजार १५०.३६ कित्ता बोनस शेयर र ५ प्रतिशत नगद लाभांश अर्थात् ५ करोड दुई लाख ७१ हजार ६७८ रुपैयाँ ७२ पैसा (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गरिने भएको हो ।

संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको २८४ औं बैठकको निर्णयले वार्षिक साधारण सभा प्रयोजनकालागि बुकक्लोज गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गर्नेछ । यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको सो सभामा सहभागिता जनाउन सक्नेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।