डिप्रोक्स लघुवित्तकाे १९औं वार्षिक साधारण सभा आह्वान, २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

Mar 07, 2021 06:56 PM Merolagani



डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले (DDBL) चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा,चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको सो साधारण सभाले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश समेत गरि कुल २० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा हाल कायम चुक्ता पूँजी एक अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ ५१ पैसाको १५ प्रतिशत अर्थात् १५ लाख ८ हजार १५०.३६ कित्ता बोनस शेयर र ५ प्रतिशत नगद लाभांश अर्थात् ५ करोड दुई लाख ७१ हजार ६७८ रुपैयाँ ७२ पैसा (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गरिने भएको हो ।

संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको २८४ औं बैठकको निर्णयले वार्षिक साधारण सभा प्रयोजनकालागि बुकक्लोज गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गर्नेछ । यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको सो सभामा सहभागिता जनाउन सक्नेछन् ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।